उपराष्ट्रपतिले पुनले शहिद, राष्ट्र र जनताको नाममा सपथ लिए

202

काठमाडौँ, १५ कात्तिक – उपराष्ट्रपति नन्दकिशोर पुनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले उपराष्ट्रपति पुनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख ओनसरी घर्ती, प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, उपप्रधानमन्त्री कमल थापा, विजयकुमार गच्छदार र टोपबहादुर रायमाझी, पूर्वप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगीव्यवसायी एवम् यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here