स्वास्थ्य सामाग्री प्रदेशहरूमा पठाउने बारेमा मन्त्रीहरुबीच छलफल

53

काठमाडौं – स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस (कोभिड १९) को परीक्षण प्रदेशहरुमा गर्न आवश्यक स्वास्थ्य सामाग्री पठाउने विषयमा तीन मन्त्रीसँग बुधबार छलफल गरेको छ ।

मन्त्रालयले खानेपानी मन्त्री बिना मगर, भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ र भूमि ब्यवस्था मन्त्री पद्मा अर्यालसंग छलफल गरेको हो । केही दिन अघि मन्त्री परिषद्को बैठकले प्रदेश सरकारसंग समन्वय गर्न खानेपानी मन्त्री मगरलाई सूदुर पश्चिम प्रदेश सरकार, भौतिक मन्त्री नेम्वाङलाई प्रदेश १ सरकार र भूमि मन्त्री अर्याललाई गण्डकी प्रदेश सरकारसंग समन्वय गर्न जिम्मेवारी दिएको थियो । सोही अनुसार तीनै जना मन्त्रीहरूले बुधबार स्वास्थ्य मन्त्री भानुभक्त ढकालसँग छलफल गरेका हुन् ।

तीनै जना मन्त्रीहरूले स्वास्थ्य मन्त्री ढकालसँग भेट गरि आवश्यक स्वास्थ्य सामाग्रीहरु पठाउने तयारीका विषयमा छलफल गरेका थिए ।

कोरोना भाइरसको संक्रमणको जोखिम सूदुर पश्चिम प्रदेशमा रहेको भन्दै मन्त्री ढकालले सूदुर पश्चिमलाई बढी प्राथमिकता दिएर स्वास्थ्य सामाग्रीहरु छिट्टै पठाइने जनाए  ।
यसैबीच सूदुरपश्चिम प्रदेशमा एकै दिन सयौं व्यक्तिहरुको स्वाब जाँच गर्न सकिने गरि मेसिन जडान गरिने भएको छ । धनगढीमा रहेको भेटनरीको प्रयोगशालामा कोरोना संक्रमितको स्वाब जाँच गर्न सकिने गरि मेसिन जडान गर्न लागिएको   छ ।

स्वास्थ्य मन्त्रालयको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट आरटी पिसिआर स्वाब परीक्षण गर्ने मेसिन लगिएको हो । त्यसैगरी केन्द्र सरकारबाट सूदुर पश्चिम सरकारलाई सहायता स्वरुप (यापिड टेस्ट कीट समेत पठाइएको छ । सूदुरपश्चिम सरकारको आग्रह बमोजिम केन्द्र सरकारले यस्तो कीट पठाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here