नेपाललाई उपनिवेश बनाउने भारतको योजना

151

भारतले तराई क्षेत्रमा आफ्ना दूतहरु परिचालन गरेको खुलासा

काठमाडौं– लामो समयदेखि ब्रिटिस दासताको नियन्त्रणमा रहेर आधा दशकअघि मात्र स्वतन्त्र भएका भारतीय शासकहरू अहिले पनि दासवादी मानसिकताबाट मुक्त हुन नसकेको उनीहरूका गतिविधिहरूले देखाउादै आएको छ । कुनै पनि छिमेकी मुलुकसाग राम्रो सम्बन्ध बनाउन नसकेको भारतले पछिल्लो समयमा दासवादी मनोवृत्ति देखाउादै नेपाललाई नवउपनिवेश बनाउन डरलाग्दो योजना बनाएको खुलासा भएको छ । ]
नेपाल सरकारका विना विभागीय मन्त्री समेत रहेका एमाले नेता सत्यनारायण मण्डलले भारतले नेपालको स्वाधीनता र स्वाभिमानमाथि धावा बोल्न खतरनाक ‘गेम प्लान’ बनाइरहेका केही गोप्य सूचनाहरू आफूले प्राप्त गरेको खुलासा गरेका छन् । मन्त्री मण्डलले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालको संविधानमा भारतीय चासो सम्बोधन नगरेको बदलामा भारतले नेपालमाथि हस्तक्षेपको तयारी गरिरहेको जनाएका हुन् ।
मण्डलले भारतले नेपालमा विना बर्दीका सेना पठाएर आन्तरिक रूपमा हस्तक्षेप गर्न खोजेको गोप्य सूचना आफूले पाएको जनाएका छन् । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री मण्डलले बर्दीका सेना पठाउन नसक्ने भएकाले विना बर्दीका सेना पठाएर नेपालको सार्वभौमिकतामाथि हस्ताक्षेपको तयारीमा जुटेको खुलासा गरेका हुन् । उनले भारतले नेपालमा गरेको लगानी समेत फिर्ता गर्ने तयारी गरेको दाबी गरेका छन् । वीरगञ्जस्थित दूतावासको सम्पर्क र वाणिज्य कार्यालयमार्फत नेपालमा भइरहेका भारतीय लगानी फिर्ता गर्ने तयारी भइरहेको जानकारी आफूले प्राप्त गरेको भन्दै मन्त्री मण्डलले हाल मधेशमा भइरहेको आन्दोलनमा पनि भारतीय सहयोग रहेको दाबी गरे । उनले भारतले नेपाललाई नवउपनिवेश बनाउन खोजे पनि त्यो नेपालीहरूलाई स्वीकार्य भने नहुने जनाए । उनले भने, ‘हामी भारतका गुलाम होइनाौ, त्यसैले भारतीय हस्तक्षेप हामीलाई स्वीकार्य छैन ।’ मण्डलले मधेस आन्दोलन मानवताविरुद्धको अपराध उन्मुख रहेका भन्दै मुलुकका बारेमा चिन्ता गर्नेहरूलाई मधेसमा खोजी–खोजी आक्रमण हुने गरेको आरोप समेत लगाएका छन् । उनले आफूलाई समेत मधेसमा बस्न गाह्रो भएकाले परिवारसहित बाहिर बस्नुपरेको गुनासो समेत गरेका छन् ।
मण्डलले भारतले नेपालमा विना बर्दीका सेना पठाउने तयारी गरेको तथा मधेस आन्दोलनमा भारतको सहयोग रहेको भनी दावी गरेकै दिन वीरगञ्जमा प्रहरीको गोली लागि एक जना भारतीय आन्दोलनकारीको मृत्यु भएको छ । साथै प्रहरीले आन्दोलनमा संलग्नहरूलाई पक्राउ गर्दा पक्राउ पर्ने दुई जना भारतीय नागरिक रहेको समेत पुष्टि भएको छ । मधेस आन्दोलनमा संलग्नहरूलाई भारततर्फ खाना बस्नको व्यवस्था हुने गरेको, भारतीय पक्षको माग नै मधेसीहरूले उठाएका र आन्दोलनकारीहरूले प्रयोग गर्ने गरेका हात हतियार समेत भारतीय पक्षले दिने गरेका घटनाहरू समेत पुष्टि भइसकेका छन् ।
केही दिनअघि मात्रै नेपालमा आन्दोलन गर्नेहरूलाई भोजको आयोजना गर्ने व्यापारीलाई भारतीय विदेशमन्त्री सुस्मा स्वराजले बोलाएर भेटेको समेत सार्वजनिक भइसकेको छ । त्यस्तै, भारतीय पक्षले नेपाललाई दोष लगाउादै भूपरिवेष्ठित राष्ट्रसम्बन्धी अन्तर्राष्ट्रिय कानुनको खिल्ली उडाउादै आपूर्तिमा रोक लगाइरहेको छ भने सरकारमा रहेका उच्च अधिकारीहरूलाई दबाब दिनका लागि पनि भारतीय पक्षले गोप्य रूपमा दूतहरू पठाउने तथा टेलिफोनमा समेत दबाब दिने गरेको नेपाली उच्चपदस्थ अधिकारी तथा राजनीतिक नेतृत्वले बताउादै आएको छ । यसले भारतले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा नेपालमाथि जसरी पनि हक जमाउने खतरनाक योजना बनाइरहेको पुष्टि गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here