‘सुनकली’ युरोपमा सम्मानित

248

भोजराज भाटले निर्देशन गरेको डकुमेन्ट्री ‘सुनकली’ले युरोपमा दुई अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । इटलीको मिलानमा सम्पन्न ३३औं मिलानो इन्टरनेशनल फिक्स्ट फिल्म फेस्टिबलमा ‘सुनकली’ले मुुभी एण्ड टिभी फुटबल विधामा उत्कृष्ट अवार्ड पाएको हो । फेष्टिवलमा ५३ देशका डेढ सयबढी फिल्म प्रदर्शन गरिएका थिए ।
गत आइतबार भएको समापन समारोहमा फेडेरेशन अफ इन्टरनेशनल सिनेमा टेलिभिजन स्पोर्टस्का अध्यक्ष फ्रान्को अस्कानीले निर्देशक भाटलाई ट्रफी हस्तान्तरण गरेका थिए । विभिन्न सात अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीबाट मान्यता प्राप्त फिक्स्ट फेस्टिबलले वर्षेनी विभिन्न १६ मुलुकमा स्पोर्टस् फिल्म फेस्टिबल गर्ने गर्छ । सबैतिर फेस्टिबल गरिसकेपछि वर्षको अन्त्यमा इटलीको मिलानमा संसारभरका स्पोर्टस् फिल्मलाई छनौट गरी फिक्स्ट फेस्टिबल आयोजना गर्ने चलन छ । फिक्स्टको ग्राण्ड फाइनलमा पुरस्कृत भएका फिल्महरूलाई १६ वटै अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा रिले गर्ने आयोजकले जनाएका छन् ।

ओलम्पिक कमिटीबाट मान्यताप्राप्त फेस्टिबलमा मनोनयनमा पर्नुु आफैंमा ठूलो उपलब्धि भएको निर्देशक भाटको भनाइ छ । न्यून लगानीमा बनेको सुनकलीलाई जुरीले अवार्ड दिदा कथा र विषयवस्तुलाई पनि साच्चिकै कदर गरिंदोरहेछ भन्ने महसुस भएको निर्देशक भाटले जनाए । ५० मिनेट लामो डकुमेन्ट्रीमा पत्रकार भाटले १३ वर्षीया सुनकली, बुढा र उनकी साथीहरूको फुटबल कथालाई प्रस्तुत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here