धादिङमा बस दुर्घटना हुँदा आठ जना घाइते, तीन जनाको अवस्था गम्भीर

148

काठमाडौ, कार्तिक २१–सर्लाहीको मलंवाबाट काठमाडौ आउँदै गरेको ना.५ ख ५५८७ नम्बरको ग्यालेक्सी डिलक्स यात्रुबाहक बस धादिङको महादेवस्थानमा दुर्घटना हुँदा आठ जना यात्रु घाइते भएका छन् ।घाइतेमध्ये तीन जानको अवस्था गम्भीर रहेको छ ।

मलंवाबाट ४६ जना यात्रु बोकेर कामाडौ आउँदै गरेको बस आज बिहान करिब ५ बजेतिर दुर्घटनामा परेको हो । घाइतेहरु मध्ये सात जनाको मेघा अस्पताल ललितपुरमा उपचार भइरहेको छ भने एक जनाको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको मेघा अस्पतालका म्यानेजर इन्द्रजित बैठाले जानकारी दिए । घाइते हुनेहरुमा सुभम गुप्ता, यादव सरकार, रसिद चौधरी, खड्ग बहादुर खड्का, राजेश सिंह पविता चैधरी लगाएत रहेका छन् । दुर्घटना पश्चात बसका चालक र सहचालकलाई धादिङको महादेवस्थान प्रहरीले नियन्त्रणमा लिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here