लण्डनमा नेपालीको आन्दोलनबारे भारतीय प्रधानमन्त्री कार्यालयको चासो

232

काठमाडौ, नेपालीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बेलायत भ्रमणका बेला गरेको विरोधका बारेमा प्रतिवेदन तयार पार्न भारतीय प्रधानमन्त्रीको कार्यालयले आफ्ना अधिकारीहरुलाई निर्देशन दिएको छ ।
बेलायतमा रहेका नेपालीहरुले ‘ब्याकअफ इन्डिया’ र ‘रिमुभ ब्लकेड’को नारा लगाउँदै मोदीको चर्काे विरोध गरेपछि प्रधानमन्त्रीको कार्यालयले चाँसो देखाएको भारतीय पत्रिका इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । कार्यालयले लन्डनस्थित कुटनीतिक आयुक्तको कार्यालयलाई वेलायतमा नेपालीको प्रभावबारे प्रतिवेदन तयार पार्न निर्देशन दिएको हो । उक्त पत्रिकाका अनुसार मोदीको लन्डन भ्रमणका क्रममा नेपालीको विरोध प्रदर्शनले भारतीय अधिकारीहरु आश्चर्यमा परेको उल्लेख गरिएको छ । मोदी वेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको कार्यालय टेन डाउनिङ स्ट्रिट पुग्दा नेपालीहरूले उनीविरूद्ध चर्काे विरोध गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here