कन्ट्याक्ट लेन्स रिसर्च अवार्ड–२०२२ विनाेद रायमाझीलाई प्रदान

72

काठमाडौं । माइक्रोबायोलोजीमा विद्यावारिधि शोधरत विनोद रायमाझीले संयुक्त राज्य अमेरिकाबाट प्रदान गरिँदै आएको ‘कन्ट्याक्ट लेन्स रिसर्च अवार्ड–२०२२ प्राप्त गरेका छन्। अमेरिकाको ‘एकेडेमी अफ अप्टोमेट्री फाउन्डेसन’ ले आँखामा कन्ट्याक्क लेन्स लगाउँदा हुने सूक्ष्म विनाशकारी संक्रमणबारे गरेको अनुसन्धानका लागि रायमाझीलाई उक्त अवार्ड प्रदान गरेको हो।

अवार्डमा रायमाझीको थप अनुसन्धानलाई सहयोग गर्न २ हजार अमेरिकी डलर अनुदान तथा यसै वर्ष क्यालिफोर्नियाको सान डिएगोमा हुने ‘अमेरिकन एकेडेमी अफ अप्टोमेट्री’ को वार्षिक बैठकमा भाग लिन पाउने व्यवस्था रहेको छ।

काभ्रेपलाञ्चोकका रायमाझीले अष्ट्रेलियाको ‘युनिभर्सिटी अफ न्यू साउथ वेल्स’बाट माइक्रोबायोलोजीमा विद्यावारिधि शोध गरिरहेका छन्। संक्रामक रोग तथा सूक्ष्म जिवाणुबारे‌ रायमाझीका लेखहरू प्रकाशित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here