प्रेमबहादुर राम्जा
दाङ, १ असार । जिल्ला प्रशासन कार्यालय दाङले लागुऔषध प्रयोग नगर्नका लागि बिद्यालय तहमै पुगेर प्रतिबद्धता गराउने अभियान सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय दाङले बिद्यालय तहमै पुगेर जनचेतना मुलक सन्देश दिनुका साथै लागुऔषध प्रयोग नगर्नका लागि बिद्यार्थी र शिक्षकलाई प्रतिबद्धता गराउन सोमबारदेखि अभियान सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दाङले एक हप्तामा जिल्लाका दश स्थानीय तहका दश बिद्यालय पुग्ने र बिद्यार्थी र शिक्षकलाई लागुऔषध प्रयोग नगर्नका लागि प्रतिबद्धता बनाउने अभियान सुरु गरेको हो । समुदायस्तरमा बिद्यार्थी र शिक्षक जोडिने भएकाले यस्तो अभियान सुरु गरेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत बिजय गौतमले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय दाङले एक हप्ताको अभियान दाङको बबई गाउँपालिकाबाट सुरु गरेको छ । आगामी शुक्रबारसम्म जिल्लाका दश वटै स्थानीय तहका बिद्यालयमा पुगेर जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय र मातहतका कार्यालयको समन्वयमा बिद्यार्थी र शिक्षकलाई एकैस्थानमा राखेर लागुऔषध नियन्त्रण, यसको न्यूनीकरण जस्ता बिषयमा जानकारी गराउनुका साथै जनचेतना मुलक गीत र लघु फिल्म समेत प्रदर्शन गर्ने कार्य सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत बिजय गौगमको नेतृत्वमा अभियान सुरु भएको छ । पछिल्लो समयमा जिल्लाका विभिन्न स्थानमा लागुऔषध प्रयोग, सेवन तथा ब्यापार समेत हुन थालेपछि जिल्ला प्रशासन कार्यालय दाङले यस्तो अभियान सुरु गरेको जनाएको छ । यसका लागि यसका प्रयोगकर्ता तथा यसको दुरुपयोगमा संलग्न हुन सक्ने भन्दै बिद्यालय तहमै पुगेर यस्तो अभियान सुरु गर्नुपरेको जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत गौतमले जानकारी दिनुभयो ।
अभियानको पहिलो दिन बबई गाउँपालिकाको जनता माबि हंसपुर र शान्तिनगरको शिबशक्ति माबि धनौरीमा कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रशासकीय अधिकृत बिजय गौतमले लागुऔषध प्रयोग गर्दा हुने नोक्सान, यसले मानब जीवनमा पु¥याउने क्षति र यसको नियन्त्रण कसरी गर्न सकिन्छ भन्ने बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा कलाकार कमल गाउलेले निर्माण गरेको दोष नामक चलचित्रलाई प्रदर्शन गरिने गरेको छ । यसले समाजमा लागुऔषध प्रयोग गर्दा मानब जीवनमा हुने समस्यालई गहिराईमा पुगे जानकारी लिन स्पष्ट हुने गरेको जनता माबि हंसपुरका शिक्षक बालकृष्ण केसीले जानकारी दिनुभयो । यस्ता कार्यक्रमले समाजलाई अपराधरहित र लागुऔषधको प्रयोगमा समेत कमी हुने शिक्षक केसीको भनाई छ ।
कार्यक्रममा जनक गन्दर्भ र हेमराज गन्दर्भले समेत गीत मार्फत् लागुऔषध प्रयोगले पार्ने दुरगामी समस्या, यसको प्रयोग नगर्न र यस्ता क्रियाकलापमै संलग्न हुन नदिनका लागि समेत प्रेरित गर्ने गीत प्रस्तुत गर्ने गर्दछन् ।















