रास्वपाको कर्णाली अधिवेशन स्थगित गर्न उजुरी

11

काठमार्डौ । रास्वपाको कर्णाली अधिवेशन स्थगित गर्न माग गर्दै केन्द्रलाई उजुरी पठाइएको छ । सभापतिका उम्मदेवारमध्ये एक नन्दकिशोर बस्नेत (एनके) निर्वाचन रोक्न माग गरेका हुन् ।

मंगलबार बिहानदेखि सुर्खेतस्थित वीरेन्द्रनगरमा नयाँ समितिको लागि मतदान प्रक्रिया सुरु भएको छ । फर्जी मतदातालाई प्रतिनिधि बनाइएको, दर्ता नभएका उम्मेदवारको अन्तिम नामावली समावेश गरी उम्मदेवार कायम गरिएको, सभापतिका उम्मेदवार मदन खड्काले प्यानल बनाएर सूची बाँडेको लगायतका कारण देखाएर निर्वाचन स्थगित गर्न माग गरिएको छ ।

आइतबारदेखि सुरु भएको अधिवेशन प्रतिनिधि विवादले मतदान सुरु हुन सकेको थिएन । विवादित ३०० बढी प्रतिनिधि कायम राखेर निर्वाचन गरिएको सभापतिका उम्मदेवार बस्नेत जानकारी गराएका छन् । ‘निर्वाचन समिति र सहमहामन्त्री विपिन आचार्यलाई जानकारी गराएको छु’, बस्नेतले अनलाइखबरसँग भने, ‘उजुरी मेल गरेर पठाएको छु ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here