काठमाडौं / प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभाकी सांसद विन्दादेवी आलेले वाईडबडी विमान खरिद काण्डमा मुछिएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीको राजीनामा माग गरेको छ ।
शुक्रबार राष्ट्रियसभाको बैठकका विशेष समय लिएर बोल्दै उनले संघीय संसदको सार्वजनिक लेखा समिति अन्तरगतको उपसमितिले समितिमा बुझाएको प्रतिवेदनमा दोषी देखिएका मन्त्री अधिकारीले विमान खरिदमा भएको अनियमिततासम्बन्धि छानविन कार्यलाई सहज बनाउन पनि तत्काल पदबाट राजीनामा दिनुपर्ने धारणा राखिन् ।
उनले ४ अरब ३५ करोड सो वाईडबडी विमान खरिद प्रकरणका दोषीलाई कारवाही गर्नुको साटो छानविन समिति गठन गरेको भन्दै सरकारको चर्को आलोचना गरिन् । काँग्रेस सांसद आलेले वाईडबडी विमान खरिदमा संसदीय उपसमितिले दोषी ठहर्याएकाहरुलाई तत्काल कारवाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइन् ।


















