रास्वपा  सुदूरपश्चिमको सभापतिमा इन्जिनियर विष्ट विजयी

10

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  सुदूरपश्चिमको सभापतिमा इन्जिनियर प्रकाश विष्ट विजयी भएका छन् । निर्वाचित भएका विष्टले ३५८ मत पाए भने उनका प्रतिस्पर्धी जनकसिंह धामीले १५४ मत पाएका छन् ।

कुल खसेको मतको ५१ प्रतिशत कटाउने उम्मेदवार विजयी हुने व्यवस्था अनुसार विष्ट पहिलो चरणबाटै निर्वाचित भएका हुन् ।

सभापतिमा निर्वाचित विष्ट यसअघि पनि भसापति नै थिए । पराजित भएका धामी प्रतिनिधि सभा सदस्य हुन् । उनी कञ्चनपुर-१ बाट विजयी भएका हुन् ।

सभापतिसहित १६ भूगोल र १५ खुला तथा समावेशी सदस्य चयन गर्न मतदान भएको थियो ।

पहिलो चरणमै सभापति निर्वाचित भएकोले अब उपसभापति, महामन्त्री र सहमहामन्त्री (२) पदका लागि निर्वाचन हुनेछ । कार्य समिति सदस्य पदको निर्वाचन पनि दोस्रो चरणमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here