बलात्कारपछि हत्या गरिएकी निर्मलाका सहपाठीहरूले लेखे प्रधानमन्त्रीलाई चिठ्ठी

320

काठमाडौँ – निर्मला पन्त बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिकाका सहपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिठ्ठी लेखेका छन् ।

कक्षा १ देखि एकसाथ अध्ययन गर्दै आएका ४ जना सहपाठीहरूले आफ्नो साथी निर्मलाका हत्यारा पक्राउ नपरेकोभन्दै देषीलाई छिटो भन्दा छिटो पत्ता लगाएर कडा सजाय माग गर्दै प्रधानमन्त्रीलार्इ चिठ्ठी लेखेका हुन् ।

निर्मलाका साथीहरु जानकी भट्ट, लक्ष्मी बडू, पूजा चन्द र गीता जोशीले प्रधानमन्त्रीलाई चिठ्ठी लेख्दै हत्यारा कहिले कारबाही गर्ने भनेर प्रश्न गरेका छन् ।

साथीको हत्यारा पक्राउ नपर्दा आफूहरु मानसिक तनावमा र असुरक्षित समेत रहेको उनीहरुले प्रधानमन्त्रीलाई लेखेको पत्र राजधानी पठाइएको स्थानीय प्रशासनले जनाएको छ।

निर्मला पन्त हत्या प्रकरणमा थप अनुसन्धान भइरहेको तर नयाँ कुरा भने केही पत्ता लागि नसकेको जनाए । कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको गत साउन १० गते हत्या भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here