संयुक्त राष्ट्र संघअगाडि नाकाबन्दीको विरोध

286

काठमाडौं, मंसिर २ । अमेरिकामा रहेका नेपालीहरुले भारतले नेपालमाथि दुई महिनादेखि लगाएको नाकाबन्दीको विरोधस्वरुप संयुक्त राष्ट्र संघको भवनअगाडि प्रदर्शन गरेका छन् । मंगलबार अमेरिकाको न्युयोर्कस्थित संंयुक्त राष्ट्र संघ भवनअगाडि विरोध प्रदर्शन गर्दै नेपालीहरुले अन्तर्राष्ट्रिय पारवहन कानुनअनुसार नाकाबन्दी तत्काल खोल्नुपर्ने जनाएका छन् ।

प्रवासी नेपालीहरुको संस्था एनआरएन अमेरिकाद्वारा दर्जनौँ नेपाली संघसंस्थाहरुलाई एकै ठाउँमा भेला पारी उक्त प्रदर्शन गरिएको थियो । प्रदर्शनमा नेपालीहरुले मोदी इज मोर डिस्ट्रक्टिभ द्यान अर्थक्युक, ओपन द टे«ड वल्केड इन्डिया, व्याकअफ इन्डियालगायतका अंग्रेजी अक्षरबाट लेखिएका प्लेकार्ड बोकेर नाराबाजी गरेका थिए । एनआरएन अमेरिकाले संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनलाई ज्ञापनपत्र बुझाएको उक्त संस्थाका अध्यक्ष डा. केशव पौडेलले जानकारी दिए ।

विरोध कार्यक्रममा सहभागी अधिकांश नेपालीहरु दौरा सुरुवाल लगाएर नेपाली झन्डाका साथ उपस्थित भएका थिए । एनआरएन अमेरिकाले नाकाबन्दीको विरोध गर्दै आगामी २२ नोभेम्बरमा अमेरिकी राष्ट्रपति भवन ह्वाइटहाउसअगाडि प्रदर्शन गर्ने कार्यक्रम रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here