गोर्खाली सेनाहरू ! अब आफ्नो स्वाभिमानको रक्षा गर्ने बेला आयो

197

 राधा बुढाथोकी मगर
सयौं वर्षदेखि आफ्नो बहादुरीले विश्वलाई चकित बनाएका नेपालीले कहिल्यै सुखको अनुभव गर्न पाएका छैनन् । यद्यपि क्रान्तिको नाममा सबैभन्दा बढी आन्दोलन यहाा नै भएको छ । नेपालीले थुप्रै आन्दोलन गरे, केही होला भन्ने आशामा । तर सधैं हात लाग्यो शून्य मात्रै भएको छ । नेपाली जाति विश्वमै बहादुर गोर्खालीको नाममा परिचित छ । पहिलो विश्वयुद्धदेखि बेलायतको पक्ष लिएर लडेका नेपालीले पछि पनि विभिन्न राष्ट्रका नाममा युद्ध लड्दै गए । विभिन्न देशका सेनाहरूमा भर्ती भएर ती देशहरूको सार्वभौमसत्ता रक्षा गर्नका लागि रगत बगाए तर त्यसको बदलामा सधैं घृणा र तिरष्कार मात्र प्राप्त गरिरहे । आफ्नो जीवनको उर्वर समय जुन देशका लागि खर्च गरे, अन्तिममा तिनैबाट अपहेलित हुनुपर्‍यो । सधैं सीमाक्षेत्रमा युद्ध लडेर जुन देशको स्वाभिमान रक्षा गरे, अन्त्यमा त्यही देशसाग स्वाभिमानका लागि लड्नुपरेको छ । यस्तो नियति छ नेपाली वीर गोर्खालीहरूको । युद्धमा कैयौंको ज्यान गयो, कति अंगभंग भए, तिनीहरूको लेखाजोखा धेरै पछिबाट मात्र हुन थाल्यो । अर्काको नोकरी गरेर ल्याएको पैसाले केही क्षण परिवारको अनुहारमा मुस्कान त दियो होला तर आफ्नो परिवारको सदस्य गुमाएको आफन्तको अनुहारमा छचल्किएको आाशु र असह्य पीडा त्यो मुस्कानभन्दा डरलाग्दो रूपमा जीवनभर ग्रहण बनेर छाएको छ ।
विभिन्न देशका लागि आफ्नो रगतको बलिदानी चढाएर आखिर गोर्खाली सेनाले के पाए ? आफ्नो जीवनको उर्वर समय अरु देशको सीमा रक्षामा बिताउने गोर्खालीले के उपलब्धि हासिल गरे ? जसको लागि नेपालीहरूले आफ्नो जीवन चढाए, आखिर तिनीहरूले नै नेपालीको पिठ्युामा छुरा घोपेका छन् । नेपालीहरूले भारतको जम्मुकाश्मिरमा सीमा क्षेत्रको संरक्षण गर्दै आए । तर हाम्रो गुनको बदलामा भारतले नाकाबन्दीको उपहार दियो । नेपालीहरूले पहिलो विश्वयुद्धबाट बेलायतका लागि युद्ध लडे । तर त्यही देशका प्रधानमन्त्री डेबिड क्यामरुनले भारतीय प्रधानमन्त्री मोदीसाग मिलेर नेपालको संविधान असमावेशी भएको देख्दै संशोधन गर्नुपर्ने भन्दै संयुक्त विज्ञप्ति निकाले । हामीले सार्वभौमसत्ता रक्षा गरिदिएकाहरू विकसित राष्ट्र बनेका छन् । त्यहााका नागरिकहरू सर्वसुविधासम्पन्न बनेका छन् । उनीहरूको सुविधाका लागि सरकारले सबै बन्दोबस्त गरिदिएका छन् । तर उनीहरूको लागि रगत बगाएका हामी नेपालीले के पायौा ? नाकाबन्दी, अभाव, गरिबी मात्र । नेपालीहरूले सधैं अर्काका लागि गरे, त्यसकारण आज दु:ख पाइरहेका छन् । हामीले सधैं अर्काको सार्वभौमसत्ता संरक्षणका लागि लड्यौा, आज आफ्नै सार्वभौमसत्ता खतरामा परेको छ । सधैं अर्काको मरुभूमि हराभरा बनायौा, आज आफ्नै खेतबारी बााझो भएर भोकमरी बढेको छ ।
हाम्रो मिहिनेतले अरुको जीवन सुखमय त भयो तर आफ्नो भागमा सधैं दु:ख, अभाव र पीडा मात्र पाइयो । यो सबै हाम्रै गल्तीले भएको हो । अब पनि यो परिस्थितिलाई नबुझेर अरुकै गुलामी गरिरहने हो भने यो विश्वको सबैभन्दा दु:खी जातिको रूपमा नेपालीको नाम दर्ज हुनेछ । जुन जाति बहादुर त थियो तर कहिलै आफ्नो स्वाभिमानको रक्षा गर्न सकेन । कहिलै आत्मनिर्भर हुन सकेन । कहिलै अरुको सहयोग नमागी आफ्नो पौरखले बााच्न सकेन । सधैं अभाव, अशिक्षा, गरिबीको शिकार भइरह्यो । अब यस्तो अवस्थामा रहिरहने कि देशको स्वाभिमानको लागि केही गर्ने भन्ने परीक्षाको घडी आएको छ । अन्य देशको सीमा रक्षा गर्ने गोर्खालीले आफ्नै देश फर्केर आफ्नै सीमा रक्षा गर्ने बहादुरीपूर्ण निर्णय लिनुपर्ने बेला आएको छ । विभिन्न देशका मरुभूमि हराभरा पार्ने नेपालीले आफ्नै खेतबारीमा अन्न उब्जाउनुपर्ने समय आएको छ । अब हामी आफौमा आत्मनिर्भर बन्ने परिस्थिति आएको छ । कसैको मुख नताकी हामी आफौ नै सक्षम छौा भन्ने सन्देश विश्वमाझ पुर्‍याउनुपर्ने बेला आएको छ । यो कुरा आदर्शवादी लागे पनि गरे नहुने के छ र भन्ने निष्कर्ष लिनैपर्ने बेला आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here