बिहीबार नेप्से चार अंकले घट्यो

143

काठमाडौं, मंसिर ४ । सेयर कारोबार हुने साताको अन्तिम दिन बिहीबार नेप्सेमा फेरि गिरावट आएको छ । उक्त दिन नेप्से चार दशमलव ६८ अंकले घटेर एक हजार ९४ दशमलव ५७ अंकमा पुगेको छ ।

बुधबार पाँच अंकले बढेको नेप्सेको ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने नेप्से सेन्सिटिभ बिहीबार भने एक दशमलव १५ अंकले घटेर दुई सय ३६ दशमलव २६ अंकमा कायम रहेको छ । कुल एक सय तीन कम्पनीहरुको १३ सय ४० वटा कारोबार भएकोमा तीन लाख ७४ हजार आठ सय ७८ कित्ता सेयर खरिदबिक्री भएको छ । उक्त परिमाणको सेयर खरिदबिक्रीबाट सो दिन २० करोड ३७ लाख ४५ हजार रुपैयाँको कारोबार भएको छ ।

सो दिन आठवटा समूहको कारोबार भएकोमा दुईवटा समूहको कारोबार बढेर बाँकी समूहको कारोबार घटेको छ । वाणिज्य बैंक, होटल, विकास बैंक, फाइनान्स, बीमा र अन्य समूहको कारोबार घटेको छ भने जलविद्युत् र उत्पादनमूलक समूहको कारोबार बढेको छ । वाणिज्य बैंक समूहको सूचक छ दशमलव ८९ अंकले घटेर एक हजार १६ दशमलव ६३ अंकमा कायम रहेकोमा आठ करोड १८ लाख आठ हजार छ सय रुपैयाँको कारोबार भएको छ । होटल समूहको सूचक आठ दशमलव ४६ अंकले घटेर १८ सय १६ अंंकमा कायम रहेकोमा १३ लाख तीन हजार एक सय ८० रुपैयाँको कारोबार भएको छ । विकास बैंक समूहको सूचक दुई दशमलव दुई अंकले घटेर नौ सय २७ दशमलव ९६ अंकमा कायम रहेकोमा पाँच करोड ३३ लाख ८३ हजार आठ सय रुपैयाँको कारोबार भएको छ । फाइनान्स समूहको सूचक शून्य दशमलव ३४ अंकले घटेर पाँच सय ५४ दशमलव ४१ अंकमा कायम रहेकोमा ३६ लाख ३६ हजार आठ सय २० रुपैयाँको कारोबार भएको छ । बीमा समूहको सूचक पनि सो दिन २२ दशमलव ७४ अंकले घटेर ४५ सय ८७ दशमलव ८६ अंकमा कायम रहेकोमा तीन करोड ५५ लाख ३३ हजार आठ सय रुपैयाँको कारोबार भएको छ ।

अन्य समूहको सूचक दुई दशमलव ३५ अंकले घटेर सात सय ५६ दशमलव ५९ अंकमा कायम रहेकोमा एक लाख ३५ हजार छ सय ४० रुपैयाँको कारोबार भएको छ । जलविद्युत् समूहको सूचक एक दशमलव ७७ अंकले बढेर १९ सय ६३ दशमलव ८१ अंकमा कायम रहेकोमा एक करोड सात लाख ६५ हजार आठ सय रुपैयाँको कारोबार भएको छ । उत्पादनमूलक समूहको सूचक पनि सो दिन ३८ दशमलव ९२ अंकले बढेर १८ सय ९६ दशमलव ७९ अंकमा कायम रहेकोमा एक करोड ३३ लाख ८५ हजार एक सय रुपैयाँको कारोबार भएको छ ।

सो दिन सबैभन्दा बढी कमाउने कम्पनीको सूचीमा अपी हाइड्रोपावर कम्पनी परेको छ । सबैभन्दा बढी गुमाउने कम्पनीमा युनाइटेड इन्स्योरेन्स रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here