शौचालय नभए सरकारी जागिर नपाइने

255

सरकारी जागिरका लागि शौचालय अनिवार्य ! यो नेपालको होइन भारतको खबर हो । भारतको हरियाणा राज्यले सरकारी जागिरका लागि योग्य हुन शौचालयमा नै दिसापिसाब गरेको हुनु पर्ने मापदण्ड बनाएको छ । खुला दिसापिसाब गर्नेलाई सरकारी पदका लागि अयोग्य मानिने भएको छ ।
हरियाणा राज्यअन्तर्गत जिल्ला ग्रामीण विकास एजेन्सी, कुरुक्षेत्रले हालै माग गरेको ब्लक कोअर्डिनेटर्स तथा क्लस्टर मोटिभेटर्स पदका लागि योग्य हुन उम्मेदवारले अनिवार्य रूपमा चर्पीमै दिसापिसाब गरेको हुनपर्ने र खुल्ला ठाउामा दिसापिसाब गर्ने मानिसहरू यो पदका लागि योग्य नहुने नियम बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here