मन्त्रालयहरूलाई अख्तियारको परिपत्र

173

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस– २०१५ यही मंसिर २३ गते तदनुसार डिसेम्बर ९ मा मनाउने तयारी गरिरहेको छ । भ्रष्टाचारविरुद्धको अभियानमा क्रियाशील रहेको अख्तियारले प्रत्येक वर्ष मनाउादै आएको यो दिवसमा उत्कृष्ट सेवा गर्ने कर्मचारीहरूलाई पुरस्कृत गर्ने र भ्रष्टाचारविरुद्ध कलम चलाएर सहयोग पुर्‍याउने विभिन्न सञ्चारकर्मीहरूलाई पनि पुरस्कृत र सम्मानित गर्दै आएको छ । पदाधिकारीविहीन अवस्थामा रहेको अख्तियारले विगत एक वर्षदेखि पूर्णता पाएको छ । लोकमानसिंह कार्की प्रमुख आयुक्तमा नियुक्त भएपछि अख्तियारका काम कारबाहीहरू आक्रामक हुादै आएका छन् भने देशव्यापी रूपमा आफ्नो सञ्जाल विस्तार गर्न पनि अख्तियारले सफलता हासिल गरेको छ । देशव्यापी रूपमै अख्तियारका काम कारबाहीहरू प्रभावकारी भएका छन् । भ्रष्टाचारविरुद्ध अख्तियारको कारबाही आक्रामक हुन थालेपछि जनस्तरबाट अख्तियारप्रति आशा र भरोसा बढेको पनि पाइएको छ ।
मन्त्रालय तहबाट हुने भ्रष्टाचारहरूलाई अख्तियारले नियन्त्रण गर्न नसके पनि नियमन गर्न सक्रियता देखाउादै आएको छ । यही परिप्रेक्ष्यमा केही महिना अघि मात्र ऊर्जामन्त्री र खेलकुदमन्त्रीले अनियमितता गरेको भन्दै अख्तियारले कारबाहीका निम्ति प्रधानमन्त्रीसमक्ष सिफारिश गरेपछि दुई मन्त्रीले मन्त्रिपरिषदबाट अलग हुनु परेको थियो । यस्ता घटनाले मन्त्रीहरूलाई पनि अख्तियारप्रति सचेत रहन बाध्य तुल्याउने विश्वास जनस्तरमा बढ्न स्वाभाविक हो ।
केही समयअघि मात्र अख्तियारले वैदेशिक रोजगारी क्षेत्रमा भएका अनियमितताको विस्तृत छानविन गरी पत्रकार सम्मेलनमार्फत् ठूलै अनियमितताको भण्डाफोर गरेको थियो । वैदेशिक रोजगारमा जाने कामदारहरूले विदेशमा जाने प्रारम्भिक अवस्थादेखि विदेशबाट फर्केपछि पनि विभिन्न समस्याहरू झेल्नु परेको विषयहरूमा आयोगमा पर्ने उजुरीहरू र विभिन्न संचारमाध्यमहरूमा प्रकाशित समाचारहरूप्रति ध्यानाकर्षण गर्दै आयोगले छानविन प्रक्रिया अगाडि बढाएको खुलासा गरेको छ । तालिमको सिलसिलामा कतार, मलेसिया र सिंगापुरमा गएको टोलीलाई बैदेशिक रोजगारीमा गएका नेपालीहरूले विदेशमा भोग्नु परेका समस्याहरूको समेत स्थलगत अध्ययन गरी समस्या समाधानको लागि सुझाव पेश गर्ने जिम्मेवारी दिइएको जानकारी पत्रकार सम्मेलनमा अख्तियारले गराएको थियो । टोलीको प्रतिवेदन, आयोगमा परेका उजुरी एवं गुनासाहरू र सरोकारवाला निकायहरूसाग समस्या समाधानका जटिलता एवं कार्यान्वयन पक्षको विषयमा पटक–पटक भएको छलफलका आधारमा आयोगले वैदेशिक रोजगारको सिलसिलामा देखा परेका समस्याहरू पहिचान गरी ती समस्याहरू समाधान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २८ बमोजिम सम्बन्धित निकायहरूलाई सुझावसमेत दिएको अख्तियारले खुलासा गरेको छ । अख्तियारले सुझाव दिएका निकायहरूमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय, शिक्षा मन्त्रालय, उद्योग मन्त्रालय, कृषि विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सम्बन्धित राजदूतावासहरू, अध्यागमन विभाग, वैदेशिक रोजगार बिभाग, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल राष्ट्रबौक, सीटीईभिटी र व्यवासायिक तथा सीप/विकास तालिम केन्द्र एवं कूटनीतिक नियोगहरू रहेको अख्तियारले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको छ ।
अख्तियारले दिएका सुझावहरूमा विद्यमान कानुनी व्यवस्थाहरूको कार्यान्वयन, नीतिगत सुधार, कानुनी सुधार, संस्थागत एवं संरचनागत सुधार, कूटनीतिक कार्य, कर्मचारी व्यवस्थापनमा सुधार, श्रमिकहरूको क्षमता अभिवृद्धि आदि छन् । प्रस्तुत सुझावहरू कार्यान्वयन गर्न अन्तरनिकाय समन्वय र अन्य सहयोगको आवश्यकता हुने भएकोले सो कार्य प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गर्ने कुरा पनि सुझावमा उल्लेख गरिएको छ । साथै, वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूले भोग्नु परेका समस्याहरू र सुझावहरूको कार्यान्वयन अवस्थाका सम्बन्धमा आयोगले सम्बन्धित निकायहरूसाग निरन्तर छलफल गर्ने, जानकारी लिने र अनुगमन गर्ने जानकारी पनि पत्रकार सम्मेलन गराइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here