नाकाबन्दी लम्बिए आर्थिक वृद्धिदर ऋणात्मक हुनसक्ने

230

काठमाडौ २० मंसिर–राष्ट्र बैंकमा गभर्नर डा चिरञ्जीवी नेपालले नाकाबन्दीक कारण नेपालको आर्थिक वृद्धिदर ऋणात्मक हुनसक्ने जनाएका छन् । डा. नेपालले भारतीय नाकान्दी थप लम्बिए मुलुकको आर्थिक अवस्था कमजोर हुने र आर्थिक वृद्धिदर ऋणात्मक हुने अवस्था रहेको जनाएका हुन् ।
नेपाल राष्ट्र बैंक सिद्धार्थनगर शाखाले शनिबार योजना गरेको अन्तक्र्रियामा बोल्दै गभर्नर डा नेपालले आर्थिक समृद्धिबाट नै नेपालको राष्ट्रियता मजबुत हुने जनाए । उनले नेपाली नागरिकमा भएको सम्पन्नताले मात्र राष्ट्रियता बलियो बन्ने दाबी गर्दै नयाँ ढङ्गबाट सोच्नुपर्ने बेला आएको जनाए । उनले भने पर्यटन क्षेत्रको विकास र विद्युत् उत्पादनबाट समृद्धि सम्भव छ यसका लागि सरकारले पहल गर्नुप¥यो । देश प्राकृतिकरुपमा सम्पन्न भएकाले पर्यटन क्षेत्रको विकास र विद्युत् उत्पादनले देशको विकास गर्न र राष्ट्रलाई मजबुत बनाउन सकिने उनको धारणा थियो । गभर्नर नेपालले नाकाबन्दीले निर्यात २५ प्रतिशत र आयात ३२ प्रतिशतले घटेको जनाउँदै आन्तरिक अर्थतन्त्र सुदृढ हुन नसकेकामा चिन्ता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here