भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कायर र मनोरोगी भएको आरोप

277

काठमाडौ १ पुस,पछिल्लो समय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफ्ना विभिन्न व्यवहार तथा अभिव्यक्तिका कारण मुलुक भित्र र बाहिर आलोचित बन्दै आएका छन् । मोदीको कुटनीतिक व्यवहार र नेपालमा अघोषित रुपमा लागु गरेको नाकाबन्दीका कारण अन्तराष्ट्रिय रुपमा आलोचित बन्दै आएका मोदी मुलुक भित्रै पनि विपक्षी दल, सञ्चारमाध्यम, वुद्धिजीवी, पत्रकार र आम नागरिकबाट समेत आलोचित हुँदै आएका छन् ।
गत ंगलबार भारतको राजधानी दिल्लीका मूख्य मन्त्री अरविन्द्र केजरीवालको कार्यालयमा सीआईबीले छामा मारेपछि भारतमा नयाँ शक्तिका रुपमा उदायका आपका नेता तथा दिल्लीका मूख्य मन्त्री अरविन्द्र केजरीवालले प्रधानमन्त्री नरेन्द्र मोदीलाई कायर र मनोरोगीको आरोप लगाएका छन् । मूख्य मन्त्री केजरीवालको सरकारी कार्यालयमा सीबीआईले छापामारी सील गरिदिएपछि केजरीवालले सामाजिक सञ्जाल ट्वीटमार्फत प्रधानमन्त्री मोदीप्रति कडा टिप्पणी गर्दै मोदी कायर र मानसिक रोगी भएको जनाएका छन् । उनले आफ्नो कार्यालयमा सीबीआईले छापा मार्नुमा मोदी जिम्मेवार भएको भन्दै उनले मोदीले राजनैतिक रुपमा प्रतिस्पर्धा गर्न नसकेपछि कायरतापूर्ण तरिकाले सीबीआईलाई प्रयोग गरेको आरोप लगाएका छन् ।
यता सीबीआईले भने मुख्यमन्त्रीको आरोपलाई अस्वीकार गर्दै दिल्लीका मुख्य सचिव राजेंद्र कुमारको कार्यालयमा छामा मारेको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here