भारतीय नाकाबन्दीविरुद्ध संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता

123

काठमाडौँ, २ पुस– भा।तीय नाकाबन्दीले नेपालको पारवहन अधिकार हनन भएके भन्दै संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल प्रस्तावक डिल्लीप्रसाद काफ्ले र अनुराधा थापा मगर समर्थकमा उक्त प्रस्ताव दर्ता गरिएको हो ।

नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको, ग्यास, तेल तथा अन्य उपभोग्य सामान बोकेका सवारी साधन प्रवेश गर्न नदिएको, संयुक्त राष्ट्रसङ्घको बडापत्र, पञ्चशीलको सिद्धान्त, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को बडापत्र एवम् समुद्री कानुनले प्रत्याभूत गरेको भूपरिवेष्टित मुलुकको पारवहन अधिकार हनन भएको विषयलाई जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेख गरिएको छ । उक्त प्रस्तावमा नेपाल–भारत पारवहन सन्धिसमेत उल्लङ्घन भएको भन्दै नेपाल मजदुर किसान पार्टीले जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सदनको अर्को बैठकमा छलफल हुनुपर्ने माग गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here