कांंग्रेसमा कचिंगल बढ्दै

180

काठमाडौं/ नेपाली कांग्रेसको राष्ट्रिय महाधिवेशन नजिकिादै जाादा पार्टीभित्र क्रियाशील सदस्यता विषयमा विवाद भएको छ । कांग्रेसको क्रियाशील सदस्यता विवाद मिलाउनका लागि केन्द्रीय सदस्य नरहरि आचार्य नेतृत्वको छानबिन समितिले छानबिन गरी केन्द्रीय समितिमा बुझाएको प्रतिवेदनमा समेत कमजोरी भएको भन्दै केन्द्रीय सदस्यहरूले आलोचना गरेपछि सदस्यता विवाद थप चर्किएको हो । आचार्य नेतृत्वको टोलीले तयार पारेको प्रतिवेदनलाई संस्थापन पक्षका नेताहरूले पूर्ण नरहेको भन्दै आलोचना गरेपछि विवाद टुंग्याउन छानबिन समितिलाई थप समय समेत दिइएको छ ।

कांग्रेसको संस्थापन पक्षले नयाा सदस्यहरूलाई मताधिकार दिन नहुने अडान लिादै आएको छ । तर वरिष्ठ नेता शेरबहादुर पक्षले भने छानबिन समितिले तयार पारेको प्रतिवेदनका आधारमा पार्टीले निर्णय गर्नुपर्ने भन्दै प्रतिवेदन केन्द्रीय समितिको बैठकबाट पारित गर्न दबाब दिएको छ । केन्द्रीय समिति बैठकमा दुवै पक्षका नेताहरूले प्रतिवेदनमाथि आ–आफ्ना धारणा राखेपछि प्रतिवेदनमा देखिएका कमजोरी सच्याउन समय थप गरिएको कांग्रेसले जनाएको छ । आचार्य नेतृत्वको छानबिन समितिले ४ लाख ७० हजार ६ सय ५५ क्रियाशील सदस्य रहने गरी प्रतिवेदन बुझाएको थियो । सो समितिले १० जिल्लामा मात्र सदस्यता विवाद रहेको भन्दै बााकी जिल्लाको विवाद मिलाएको जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here