रातो रंगको केरा

586

नेपालमा हरियो, पहोलो रंगको केरा उत्पादन तथा उपभोग गरिन्छ । त्यसकारण पक्कै पनि रातो रंगको केरा हुन्छ भन्दा हामीलाई विश्वास गर्न गाह्रो हुन्छ । तर विश्वका केही देशमा भने रातो रंगको केरा पाइन्छ ।
रातो रंगको केरा पाइने देशहरू अस्ट्रेलिया, वेस्ट इण्डिज, मेक्सिको, जमैका, इक्वेडर लगायतका हुन् । तर यो प्रजातिको केरा सबैभन्दा पहिले कोस्टारिकामा फेला परेको थिए । यो जातिका केरा अहिले विशेषगरी पूर्वी अफ्रिका तथा दक्षिण अमेरिकामा निर्यात हुने गरेको छ ।
यो केराको कोसा हल्का गुलाबी रातो रंगको हुन्छ भने स्वाद अन्य केराजस्तै हुन्छ । यसमा पर्याप्त भिटामिन सीका साथै क्यालोरी पनि प्रशस्त पाइन्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here