एउटै व्यक्तिलाई ३ सय ३४ वर्षको जेल सजाय

238

कुनै एक व्यक्तिलाई अधिकतम कति वर्षसम्मको सजाय होला ? धेरै भए ५०/६० वर्षको होला कि त आजीवन जेल सजाय तोकिन्छ । टर्कीमा भने एउटै व्यक्तिलाई ३ सय ३४ वर्षको सजाय सुनाइएको छ ।
त्यहाा २६ वर्षका एक युवकले ३ सय ३४ वर्षको जेल सजाय पाएका छन् । टर्कीका एक याकर ओनुर कोप्क्याकलाई मानिसहरूको क्रेडिट कार्ड ह्याक गरेको अभियोगमा एक अदालतले ३३४ वर्षको जेल सजाय सुनाएको छ । ओनुरसागै अन्य ११ जना ह्याकरलाई सन् २०१३ मा एक नक्कली वेबसाइटमार्फत ठगी गरेको अभियोगमा गिरफ्तार गरिएको थियो । उक्त वेबसाइटको माध्यमबाट उनीहरूले मानिसहरूका बैंक क्रेडिट कार्डको विवरण चोर्ने गर्दथे । बैंकका उपभोक्ताहरू उक्त वेबसाइटलाई आधिकारिक ठानेर आफ्नो क्रेडिट कार्डको पूरा विवरण त्यसमा भर्ने गर्दथे । अनि ह्याकरहरूले क्रेडिट कार्डका ती विवरणमार्फत मानिसहरूको पैसा उडाइदिन्थे । ती युवाविरुद्ध विभिन्न ४३ जना मानिसले ठगीको जाहेरी दिएका थिए र अदालतमा मुद्दा चल्दा उनीमाथि १९९ वर्ष ७ महिनाको सजाय सुनाइएको थियो । पुन: अर्को अभियोगमा सुनुवाइ हुादा गत जनवरी १० मा अदालतले ओनुरलाई ११ वटा क्रेडिट कार्डको विवरण चोरी गरेको प्रमाणित गरी उनको जेल सजाय बढाएर ३ सय ३४ वर्ष पुर्‍याएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here