जातीय विभेद विषयबस्तु आधारित चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक

43

काठमाडौं । आगामी जेठ १० गते विश्वव्यापी रूपमा एकसाथ रिलिज हुने चलचित्र ‘पुजार सार्की’को ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौंमा मङ्गलबार एक कार्यक्रमबीच ४ मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको छ ।

ट्रेलरमा चलचित्रका नायक आर्यन सिग्देलको नायिका अञ्जना बराइलीसँग र प्रदीप खड्काको नायिका परीक्षा लिम्बुसँगको अन्तरजातीय प्रेमलाई स्थान दिइएको छ । उनीहरुको प्रेममा आइपर्ने सामाजिक अवरोधदेखि जातीय विभेदको विषयलाई ट्रेलरमा उठान गरिएको छ ।

चलचित्रका अर्का नायक पल शाहलाई भने जातीय विभेदविरुद्ध अग्रसर युवाको भूमिकामा देखाइएको छ । ट्रेलरमा पललाई आर्यन र अञ्जना तथा प्रदीप र परीक्षाको प्रेमका समर्थकका रुपमा देखाइए पनि विभेदविरुद्ध एकजुट हुनुपर्ने सन्देश दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here