आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

21

काठमाडौं । दैलेख, नारायण नगरपालिका-१ बस्ने भुपेन्द्र जिसीको घरमा सोही ठाउँ बस्ने साजन केसीले संचालन गरेको ग्यारेजमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी भएको छ ।

आगलागीबाट भुपेन्द्रको घर र सोही घरमा रहेको उनकै ईलेक्ट्रोनिक पसल समेत जलेर क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।

झापा, हल्दिबारी गाउँपालिका-५ स्थित हल्दिबारी स्वास्थ्य चौकीको कार्यालयमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा बिजुलीको मिटर बक्स, एमसिबि बक्स, तार पूर्णरूपमा जलेर करिब ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here