राजेन्द्र महतो झण्डै कुटिए

119

काठमाडौं/ दिल्लीमा उपचार गरेर फर्किएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई युवा संघ नेपालका कार्यकर्ताले कालोझण्डा प्रदर्शन र नाराबाजी गरेका छन् । ‘प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको’ भन्दै काठमाडौं आएका महतोलाई प्रधानमन्त्रीकै पार्टी निकट युवा संघ नेपालले कालोझण्डा देखाएर विरोध प्रदर्शन गरेको थियो । दिल्लीबाट सिधै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका उनलाई त्यहााबाट बाहिरिने क्रममा कालोझण्डा देखाउादै चर्काे नाराबाजी भएको थियो । नाराबाजी गरिरहेका युवाहरुले महतोलाई भौतिक कारबाही गर्नसमेत प्रयास गरेका थिए । युवासंघका प्रवक्ता प्रभात कटुवालले आफूहरूको आयोजनामा महतोलाई कालोझण्डा नदेखाएको जनाउादै कालोझण्डा देखाउनमा समर्थन भने रहेको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here