६७औं गणतन्त्र दिवस मनाउने भारत नेपाललाई किन स्वतन्त्र देख्न चाहन्न ?
काठमाडौं/ भारतले जनवरी २६ मा आफ्नो ६७आौ गणतन्त्र दिवस धूमधामका साथ मनाएको छ । विशेष गरी गणतन्त्र दिवस २६ जनवरी र स्वतन्त्रता दिवस १५ अगष्टका दिनलाई भारतले विशेष दिनका रूपमा मनाउने गर्छ । भारतको एउटा निकै महत्वपूर्ण विशेषता छ । ऊ आफ्नो स्वतन्त्रताप्रति निकै सजग र चिन्तित छ । यी दुई फरक–फरक दिनहरूमा ऊ आफ्नो मुलुकको स्वतन्त्रताप्रति कति चिन्तित छ भन्ने झल्को दिने गरी प्रचारप्रसार तथा कार्यक्रमहरूको आयोजना गर्ने गर्छ, जुन स्वाभाविक पनि हो । तर प्रश्न उठ्छ, आफ्नो मुलुकको स्वतन्त्रताप्रति यति धेरै चिन्तित हुने भारत नेपालजस्ता छिमेकी मुलुकप्रति अत्यन्तै अनुदार बन्दै आएको छ । आखिर किन ? सायद यसको जवाफ भारतीय अधिकारी वा भारत सरकारले मात्र दिन सक्छ, तर भारतको नेपालप्रतिको चासो अस्वाभाविक मात्र होइन, स्वतन्त्र मुलुकहरूका लागि स्वीकार्य हुनै नसक्ने किसिमको देखिन्छ । जुन भारतकै लागि पनि प्रत्युत्पादक बनिरहेको छ ।
भारतले आफ्नो गणतन्त्र दिवसका अवसरमा भारतमा मात्र होइन, नेपालमा पनि गणतन्त्र दिवसको राम्रै प्रचारप्रसार गरेको छ । नेपालको गणतन्त्र दिवसबारे जानकारीसमेत नपाउने नेपाली मिडियाहरू भारतको गणतन्त्र दिवसको प्रचारप्रसारले रंगिएका पाइए । महत्वपूर्ण विषय के छ भने भारतले गणतन्त्र दिवसका अवसरमा मिडियामा प्रचार गरिरहेको सामग्रीमा नेपाल–भारत सम्बन्धलाई निकै प्राथमिकतामा राखेको र नेपालका लागि भारतले निकै ठूलो सहयोग गरिरहेका विवरणहरू देख्न सकिन्छ । प्रचार सामग्रीहरू हेर्दा भारत नेपालप्रति न त विगतमा नै अनुदार थियो, न अहिले छ र न भविष्यमा नै हुनेछ जस्तै आशय पाइन्छ । तर व्यवहारमा त्यसको ठीकविपरीत देखिादै आएको छ । भारतले नेपालसागको सम्बन्धलाई जसरी नेपाली मिडियाबाट विज्ञापनका रूपमा प्रचार गरिरहेको छ, नेपालप्रति ठीक विपरीत व्यवहार गरिरहेको छ । भारतले प्रचार गर्न चाहेजस्तै व्यवहार किन गर्न सक्दैनन् ? यो प्रश्न प्रत्येक देशभक्त नेपालीहरूका मनमा उठिरहने गर्दछ । व्यवहारमा भारतले आफूलाई छिमेकी मुलुकप्रति कहिल्यै उदार मन बनाएको पाइादैन । यसको उदाहरणका रूपमा भारतले विगतदेखि हालसम्म अवलम्बन गर्दै आएको नेपाल नीतिलाई लिन सकिन्छ ।
भारतले एकातर्फ आफ्नो गणतन्त्र दिवस मनाइरहेको छ, अर्काेतर्फ भर्खरै गणतन्त्रमा प्रवेश गरेको नेपाललाई गणतन्त्रको स्वतन्त्र रूपले अनुभूति समेत गर्न दिइरहेको छैन । त्यस्तै एकातर्फ आफू अंग्रेजबाट स्वतन्त्र भएको खुसीयालीमा स्वतन्त्रता दिवस मनाउाछ, अर्काेतर्फ आफ्नै खुट्टामा उभिन खोज्ने र स्वतन्त्रताको अनुभूति गर्न खोज्ने नेपालको सपनालाई तुहाउन हरसम्भव प्रयास गरिरहन्छ । हालै नेपालले स्वतन्त्रतापूर्वक आफ्नो संविधान जारी गरेर लागू गर्न खोज्दा भारतीय पक्षबाट लामो समयसम्म नाकाबन्दी गरेर जबर्जस्ती संविधान संशोधन गर्न लगाउनु र मधेशी जनतालाई अनावश्यक रूपमा भड्काएर आन्दोलनमा उतार्नु यसका ज्वलन्त उदाहरण हुन् । एउटा मुलुकको स्वतन्त्रतालाई ध्यान नदिने भारतले प्रचारबाजी वा आफ्नो स्वतन्त्रताप्रति मात्र बफादार भएको देखिनु उसैको लागि शोभनीय देखिादैन भनेर देशभक्त नेपालीहरूले टिप्पणी गरिरहेका छन् ।
भारतले आफ्नो यस वर्षको गणतन्त्र दिवसका अवसरमा नेपाललाई ४० वटा एम्बुलेन्स र ८ वटा बस उपहारस्वरूप प्रदान गरेको छ र यसलाई व्यापक रूपमा प्रचार पनि गरियो । यति फराकिलो मन भएको भारतले हाल नेपालमाथि किन नाकाबन्दी गरेर नेपाली जनताको मन दुखाएको छ । भारतकै नाकाबन्दीले गर्दा नेपालका सडकहरूमा सवारी साधनहरू सञ्चालन हुन पाइरहेका छैनन् । भारतले ग्याास आपूर्तिमा अवरोध गरिदिएपछि नेपाली जनताका घर–घरमा खाना पकाउनेसमेत समस्या सिर्जना भइरहेको छ । यस्तो अवस्थामा नेपालका लागि तत्कालको आवश्यकता भनेको एम्बुलेन्स वा बसको सहयोग हो कि इन्धन आपूर्तिको सहजता हो ? भारतले ६७औं गणतन्त्र दिवसका उपलक्ष्यमा नाकाबन्दी खुला गरिदिएको भए सबैभन्दा ठूलो उपहार नेपाली जनताका लागि त्यही हुने थियो । तर यस्तो गम्भीर विषयमा निकै गैरजिम्मेवार देखिएको भारतले सस्तो लोकप्रियताका लागि नेपाललाई उपहार दिएर मन जित्न खोजेजस्तो देखिन्छ । उसको यो प्रयासले स्वयं भारतीय पक्षलाई नै लज्जित गराउनेभन्दा केही गर्दैन । किनभने माथि उल्लेख गरिएजस्तै नेपाल भारतले प्रचार गरेजस्तै सुमधुर सम्बन्ध बनाउन चाहन्छ । जबकि भारतले प्रचारमा सम्बन्ध राम्रो भएको देखाउन खोज्छ तर व्यवहारमा हैकमी प्रवृत्ति देखाउने गरेको छ । जसले गर्दा दुई मुलुकबीच असमझदारीहरू देखिने गरेका छन् ।