काठमाडौं/ विश्वकै अर्बपतिको सूचीमा रहेका उद्योगपति विनोद चौधरीले एमाओवादी छोडेका बाबुरामले निर्माण गर्न लागेको नयाा शक्तिमा लगानी गरेको जानकारी विश्वस्त सूत्रले गराएको छ । सूत्रले उपलब्ध गराएको जानकारीअनुसार चौधरीले बाबुराम भट्टराईको नयाा शक्तिका लागि आवश्यक पर्ने रकमको जोहो गर्ने जिम्मेवारी लिएका छन् । उनले नयाा शक्तिका लागि चर्चित व्यवसायीहरूसाग रकम उठाउने जिम्मेवारी लिएको स्रोतले जनधारणालाई जनाएको छ ।
हालै मात्र नयाा शक्ति निर्माणको अभियान सुरु गरेका भट्टराईले राजधानीका पााच तारे होटलमा तामझामका साथ कार्यक्रमहरू गर्नेदेखि ठूलै रकम खर्चेर देशभर विभिन्न कार्यक्रमहरू गर्दै हिाडिरहेका छन् । नयाा शक्तिले आर्थिक पारदर्शितालाई महत्व दिने जनाइरहेका भट्टराईले नयाा शक्ति अभियानमा खर्चको स्रोत भने खुलाएका छैनन् । तर उनी निर्धक्कसाग खर्च गर्दै हिाड्ने खर्चको जोहो अर्बपति चौधरीले गरिरहेको र आगामी दिनमा समेत आर्थिक सहयोग जारी राख्ने प्रतिबद्धता चौधरीले जनाएको स्रोतले जनाएको छ । पहिलो संविधानसभामा एमालेको कोटामा सभासद समेत भएका चौधरीलाई एमालेले उपयुक्त भूमिका नदिएको भन्दै बाबुरामले निर्माण गर्न लागेको नयाा शक्तिमा लागेको चर्चा राजनीतिक वृत्तमा व्यापक छ ।