माओवादी एकीकरणसागै वाईसिएल सक्रिय बन्ने

258

काठमाडौं/ विभाजित माओवादी शक्ति एकीकृत हुने अभियान चलेसागै माओवादीको युवा दस्ता योङ कम्युनिष्ट लिग (वाईसीएल) पनि सक्रिय हुने भएको छ । राजधानी काठमाडौंमा आयोजित वाईसीएलको राष्ट्रिय भेलाले अध्यक्षमा आरसी शर्मा ‘विज्ञान’लाई चयन गर्दै आफ्नो कामकारबाही फेरि सक्रियताका साथ अघि बढाउने भएको हो ।

 
भेलाले शर्माको अध्यक्षतामा एक सय ५१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । नयाा बनेको समितिमा उपाध्यक्षमा लक्ष्मीप्रसाद चौलागाईं ‘शैलेन्द्र’, लीला शर्मा ‘अस्मिता’, युवराज दुलाल ‘शरद’, दुर्गा अधिकारी ‘उद्गम’, हरेन्द्र यादव ‘नन्द’, राम कडरिया ‘शिखर’ र शिव फुायाल रहेका छन् । वाईसीएलको महासचिवमा रामप्रसाद सापकोटा ‘दीपशिखा’ चयन भएका छन् ।

 
तत्कालीन नेकपा माओवादी शान्तिप्रक्रियामा आएपछि अयोग्य मानिएका लडाकूहरूलाई एकत्रित गरेर वाईसीएलको गठन गरिएको थियो । वाईसीएलले तत्कालीन समयमा सामाजिक कार्यदेखि जनकारबाहीसम्म गर्न थालेपछि वाईसीएलले कानुन हातमा लिएको भन्दै अन्य राजनीतिक दलले वाईसीएल विघटन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
यसैबीच माओवादी धारका क्रान्तिकारी पत्रकारहरू पनि माओवादी पार्टीहरू एकीकृत भएलगत्तै फागुन ७ र ८ गते राष्ट्रिय महाधिवेशन गर्ने तयारीमा जुटेका छन् । माओवादीका धारका सबै पत्रकारहरू सो महाधिवेशनमा सहभागी गराउने तयारी भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here