काठमाडौं, माघ २१ । नेपालको प्रतिष्ठित औद्योगिक समूह चौधरी गु्रपका संस्थापक चर्चित उद्योगपति लुनकरणदास चौधरीको निधन भएको छ । चौधरीको आज बिहीबार नर्भिक हस्पिटलमा उपचारको क्रममा निधन भएको हो ।
नेपालको औद्योगिक क्षेत्रको विकासमा सदैव समर्पित चौधरीको ९२ वर्षको उमेरमा निधन भएको हो । उहाँ विश्वकै अर्बपतिको सूचीमा पर्न सफल तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, बसन्त चौधरी र अरुण चौधरीका पिता हुनुहुन्थ्यो । चौधरीको भोलि अन्त्येष्टिको कार्यक्रम गरिने भएको छ ।