काठमाडौं/ सरकारले मधेसी नेताहरूसागको भेटपछि भारतको विहार राज्यका नेताले नेपालको आन्तरिक मामिलाका विषयमा दिएको वक्तव्यप्रति ध्यानाकर्षण भएको जनाएको छ । नेपालको अहिलेको धरातलीय यथार्थता र दुई देशको आधारभूत चासोविपरीत आएका यस्ता वक्तव्यले दुई मुलुकको समान चासो र भावनामा असर पर्ने भन्दै यस्ता अभिव्यक्तिहरू नेपालको हितमा नरहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति प्रकाशित गरी विभिन्न पत्रपत्रिकामा आएका समाचारमा भारतीय नेताहरूको भनाइप्रति ध्यानाकर्षण भएको जनाएको छ । परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘धरातलीय यथार्थविपरीत आएका त्यस्ता धारणाप्रति नेपाल सरकार खेद प्रकट गर्दछ ।’
तराई मधेसमा आन्दोलनरत संघीय समाजवादी फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी तथा सद्भावना पार्टीका नेताहरू उपेन्ऽ यादव, राजेन्द्र महतोलगायतले भारतीय नेता लालुप्रसाद यादवसाग सोमबार भेट गरी आफूले जारी राखेको आन्दोलनमा सहयोग गर्न आग्रह गरेपछि भारतीय नेताहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।