जो पानीमाथि सजिलै दौडिन्छन्

241

मान्छे नदी, पोखरी, स्वीमिङ पुलमा पौडिरहेको र तैरिएको देखिन्छ । तर कोही त्यस्तो पानीमा दौडिन पनि सक्छ भन्दा हामीलाई पत्याउन गाह्रो पर्छ । पानीमा दौडिने भन्ने कुरा असम्भव नै हुन्छ । तर बेलायतका एक युवकले हालै यो असम्भवलाई सम्भव तुल्याउादै पानीमाथि दौडिएर सबैभन्दा तीनछक पारेका छन् । बेलायतको नर्थबरल्याण्ड निवासी २७ वर्षका स्कट क्रस्बीले लण्डनमा हालै यस्तो चटक देखाएका छन् । पेशाले जादूगर क्रस्बी हालै १२५ मिटर लामो पौडी पोखरीको पानीमाथि दौडिए । उनी पानीमाथि मज्जाले दौडिएपछि हेर्ने मानिसले अचम्म पर्दै जिब्रो टोक्नु स्वाभाविकै हो ।

 

क्रस्बीले पानीमा हिाड्ने पनि जादु नै देखाइरहेका थिए । वास्तवमा उनले हेर्नेहरूलाई मुर्ख बनाइरहेका थिए । पानीमा त्यसरी हिाड्नु असम्भव नै हुन्छ । त्यसैले त्यहाा विशेष विधिको प्रयोग गरिएको थियो । उक्त पोखरीको पानीमा मोलोफ्लेक्स पोलिस्टरको निकै पातलो झिल्ली पानीको सतहमा राखिएको थियो । त्यो झिल्ली बाहिरबाट देखिादैनथ्यो तर मानिसले कुल्चिएर कुद्दा पनि च्यातिने र डुब्ने जोखिम हुादैनथ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here