देश र जनताको हित सोच्ने सच्चा नेता

326

उपप्रधान तथा सहकारी एवं गरिबी निवारणमन्त्री चित्रबहादुर केसी

 
सुशील कोइरालालाई राष्ट्रले कसरी सम्झने ?
जन्म मृत्यु प्राकृतिक चिज हो, शाश्वत सत्य हो, अन्तिम सत्य हो । उहााले नेपालमा लोकतान्त्रिक प्रणाली स्थापना र नयाा संविधान जारी गर्नका लागि जुनखाले योगदान दिनुभयो, त्यही रूपमा नेपाली जनताले सम्झिनेछन् ।

 
सुशील कोइरालाको अनुपस्थितिमा संविधान कार्यान्वयनको जटिलता कसरी पार लगाउनु हुन्छ ?
संविधान जारी गरेपछि त्यसलाई कार्यान्वयन गर्नैपर्छ । संविधानको कार्यान्वयन बााचेकाले गर्ने हो । कार्यान्वयन गर्नैको लागि नयाा संविधान जारी गरिएको हो ।

 
बााचेकामध्ये पनि प्रमुख दलका प्रमुख नेताको भूमिका त महत्वपूर्ण होला नि ?
हुन्छ, अवश्य नै हुन्छ । कार्यान्वयन गर्नैपर्छ । कार्यान्वयन नगर्ने हो भने संविधान जारी गर्नुको औचित्य नै हुादैन ।

 
सुशील कोइराला तपाईंको नजरमा कस्तो नेता हुनुहुन्थ्यो ?
नेपालमा राजनीति गर्नेहरूले राष्ट्र र जनतालाई केन्द्र बनाएर होइन कि आफूलाई, आफ्ना आसेपासेलाई केन्द्र बनाएर राजनीति गरेकै कारणले राजनीति गर्ने राजनेताप्रति नेपाली जनताको हेराइ सकारात्मक छैन । राजनीतिक गर्नेहरूको कमीकमजोरीका कारण जनतामा सकारात्मक भावना छैन । त्यसको कारण जनताको गल्ती होइन । राजनेताहरूको कमजोरी हो । राजनीतिलाई देश र जनताको हितको लागि भन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थ, आफ्ना वरिपरि बस्ने आफन्तहरू, नजिकका मान्छेहरू उनीहरूको स्वार्थको लागि चिन्तन गर्ने, उनीहरूकै पक्षमा काम गर्ने भएको हुनाले भएको हो । सुशीलजीले यी सबै प्रवृत्तिको विरुद्ध आफूले सकेसम्म संघर्ष गर्नुभयो । उहााले आफ्नो निजी फाइदाको लागि, निजी स्वार्थको लागि काम गरेको देखिएन । उहााको जीवनको उदाहरण त्यही हो ।

 
मृत्युपर्यन्त मात्रै हाम्रो देशमा नेताको सम्मान गरिन्छ किन होला ?
त्यो एउटा नेपाली प्रवृत्ति हो । बााचुन्जेल लखेटिरहने, बद्ख्वाइा गरिरहने, जति कमीकमजोरी छन् त्यसलाई प्रहार गर्ने, तिललाई पहाड बनाएर लखेटिरहने अनि मरेपछि हिमालभन्दा अग्लो बनाउने, सबै प्रकारका तारिफ प्रशंसा गर्ने त्यो नेपाली प्रवृत्ति हो । जसको जे जति योगदान हो, जे जति कमीकमजोरी हो त्यसको लेखाजोखा गर्नुपर्छ । बााचुन्जेल लखेटिरहने, देख्न नचाहने, सुन्न नचाहने, सबै प्रकारले भत्र्सना गर्ने मरेपछि असाध्यै फुर्काउने नेपाली प्रवृत्ति हो । यो समाज पनि विस्तारै बदलिादै जान्छ । जसको जति कमजोरी हो, राम्रो विषय हो त्यसको दूधको दूध पानीको पानी छुट्याउने जनमत बनेपछि मात्रै मुलुकमा परिवर्तनले पनि स्थान पाउाछ र परिवर्तनको उपयोगिता पनि हुन्छ ।

 
भारतीय विदेशमन्त्रीले नेपाल–भारत सम्बन्धलाई उचाइमा पुर्‍याउन सुशील कोइरालाको भूमिका महत्वपूर्ण थियो भन्नुभएको छ नि ?
सुशील कोइरालाको नेतृत्वमा संविधान जारी भएपछि नेपाललाई उहााहरूले कुनखालको संकटमा पार्नुभयो ? त्यो उहााले भन्नुपर्ने औपचारिक कुरा मात्रै हो । सुशीलजीको नेतृत्वमा नेपाली जनताले आफ्नो संविधान आफौ जारी गरेपछि नेपाली जनताले पाएको दु:खकष्ट संसारले नै देखेको छ । सुष्मा स्वराजले जुन कुरा गर्नुभयो त्यो औपचारिकता र फर्मालिटिमात्र हो । घ्यू खाए पनि गौवा त त्यही छ नि । जति रसिला कुरा गरे पनि नेपाली जनताले आफ्नो संविधान आफौ जारी गर्न नदिन उहााहरूले गरेको प्रयत्न त्यसपछि जारी भइसकेपछि नेपाली जनताले पाएको कठोर सजाय, यातना त्यो कहाा छिपेको छ र ? त्यो भन्ने कुरा हो उहााले भन्नुभयो, त्यो खासै ठूलो कुरा होइन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here