नाकाबन्दी खुल्दा मख्ख पर्ने कि वैकल्पिक व्यवस्था खोज्ने ?

157

 राधा बुढाथोकी मगर

 
करिब चार महिनादेखि अघोषित रूपमा भारतले सुरु गरेको नाकाबन्दी नाटकीय रूपमा खुलेको छ । अरु नाका सहज भए पनि अधिकांश वस्तुहरूको आयात हुने वीरगञ्ज नाका सहज नहुादा सर्वसाधारणहरूको समस्या ज्यूाकात्यूा थियो । तर त्यो नाका पनि सहज भएपछि अब भने सर्वसाधारणहरूले सुखको श्वास फेर्ने दिन आउाछ कि भन्ने आशा गरेका छन् । आन्दोलनरत मधेसी मोर्चाले पनि सीमानाकामा धर्ना दिने आफ्नो आन्दोलन फिर्ता गरेको घोषणा गरेको छ । जुन कुरालाई सरकारले पनि स्वागत गरिसकेको छ । यसले नेपालको राजनीतिक क्षेत्रमा केही सहजता निम्तिने विश्वास गर्न सकिन्छ । राजनीति नागरिकको प्रत्यक्ष जीवनसाग सरोकार राख्ने विषय हो । राजनीतिमा हुने उथुलपुथल, अस्थिरता या स्थिरताले मान्छेको जीवनमा पनि गम्भीर असर पुग्छ । नेपालमा पनि सधैंजसो अस्थिर राजनीतिको शिकार जनता बन्नुपरेको अवस्था छ । हाल देखिएको परिस्थितिले भने केही दिन राहत पुग्ने अनुमान लगाउन सकिन्छ । तर पनि सबै नेपाली ढुक्क भएर बस्नसकिने स्थिति भने छैन ।

 
भारतले आफ्नो स्वार्थपूर्तिका लागि नेपालमा बेलाबेलामा नाकाबन्दी लगाउनेसम्मको हर्कत गर्दै आएको छ र उसको यसको कदमलाई नेपालका केही राजनीतिक दलहरूले आफू सत्तामा पुग्नका लागि स्वागत र समर्थन गर्दछन् । जसको कारणले जनताले नचाहेर पनि कष्टकर जीवन बााच्न बाध्य भइरहेका छन् । नेपालमा देखिने यस्ता समस्या बेलाबेलामा परिरहनुले ती समस्याबाट हामीले पाठ सिक्न नसकेको वा नखोजेको भन्ने स्पष्ट छ । कुनै पनि बेला भारतले आफ्नो स्वार्थसिद्ध गर्नका लागि नेपाललाई दु:ख दिन सक्छ भनेर जान्दाजान्दै पनि हाम्रा राजनीतिककर्मीहरू जो आफूलाई राष्ट्रवादी भन्न रुचाउाछन्, आफूलाई जनताको मसिहा सम्झिन्छन्, उनीहरूको चेत खुलेको देखिादैन । घरमा आगो लागिसकेपछि मात्र इनार खन्ने हाम्रो सोचाइ छ । भविष्यमा आइपर्ने कुनै पनि समस्याको समाधान नखोजेर एकअर्कासाग झगडा गर्दैमा हाम्रा राजनीतिक दलहरूलाई ठिक्क छ । त्यसकारण पनि जनताले अकल्पनीय कष्टकर जीवन बिताउन बाध्य भइरहेका छन् । अहिले पनि भारतले गरेको नाकाबन्दी खुलेको छ । अब पक्कै पनि केही समयभित्र अभाव देखिएका वस्तुहरू सहजतका साथ प्राप्त गर्न सकिन्छ । त्यसकारण पनि राजनीतिक दलका नेतृत्वहरू समस्या समाधान भयो भनेर मख्ख परेका छन् । तर यो परिस्थिति भनेको मख्ख परेर बस्ने समय होइन ।

 
हालै नेपाल र नेपालीले भोगेको यो अकल्पनीय पीडा भोलिका दिनमा पनि भोग्नु नपर्ला भन्न सकिन्न । त्यसकारण आजबाट पाठ सिकेर भोलिका दिनमा जुनसुकै समस्या सामना गर्न सकिने रूपमा हामी आफौ आत्मनिर्भर हुन जरुरी छ । त्यसको एक मात्र विकल्प भनेको भारतसागको एकतर्फी व्यापार आयातलाई घटाएर चीनसागको व्यापारलाई पनि प्राथमिकता दिनु हो । त्यसको लागि अविलम्ब उत्तरी नाकाहरूलाई सञ्चालन र व्यवस्थापन गर्न आवश्यक छ । चीनसाग व्यापार सम्झौतालाई विस्तार गर्न आवश्यक छ । त्यति मात्र नभएर उनीहरूले गरेको विकास र त्यसको योजनाबाट पाठ सिकेर नेपालको विकास गर्ने लक्ष्य तय गर्न आवश्यक छ । त्यसको लागि कसरी आफौ आत्मनिर्भर हुन सकिन्छ, रोजगारीको अवसर सिर्जना गर्न सकिन्छ भनेर अध्ययन तथा कामकारबाही सुरु हुन आवश्यक छ । त्यस्तै लगानीको वातावरण र स्थिर राजनीति पनि अर्को शर्त हुन् । राजनीतिक दलका नेतृत्वले अहिलेको परिस्थितिबाट पाठ सिक्न जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here