ओलीको भारत भ्रमणको उपलब्धि के होला ?

130

–निमकान्त पाण्डे–

 
संघीयताको लागि सीमांकनको विवादका नाममा सुरु भएको मधेस आन्दोलन अकस्मात् स्थगित भएको छ । जुन मागलाई अगाडि सारेर मधेस आन्दोलन सुरु भएको हो, त्यो पूरा भएको छैन । तैपनि आन्दोलन स्थगित भएको छ । नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीको भारत भ्रमणलगत्तै भारतले नेपालमाथि लगाएको नाकाबन्दी पनि हटेको छ । नाकाबन्दी हटाउनुसागै मधेसकेन्द्रित दलहरूलाई पनि आन्दोलन रोक्न भारतले निर्देशन गरेपछि मधेसी दलहरू आन्दोलन रोक्न बाध्य भएका छन् । दिल्ली हुादै बिहार र उत्तर प्रदेशसम्म सहयोग जुटाउन दौडधूप गर्दै गरिरहेका मधेसी नेताहरू अन्तत: आन्दोलन स्थगित गर्न बाध्य हुनुले प्रधानसेनापतिको भारत भ्रमणको उपलब्धि नै ठान्नुपर्ने देखिन्छ । भारतको निर्देशनमै तत्कालका लागि मधेसकेन्द्रित आन्दोलन रोकिएको भए पनि मधेसमा अलगाववादी आन्दोलन चर्काउने र पहाडी क्षेत्रमा जातिवादी आन्दोलनको बीजारोपाण गर्ने खेलमा लागेका विदेशी शक्तिले अझै पनि आफ्नो कसरत बन्द गरेका छैनन् । पहाडी जिल्लाहरूमा क्रिश्चियन धर्म प्रचारको अभियान तीव्र रूपमा भइरहेको छ भने मधेसमा विखण्डनकारी गतिविधिको साथ नयाा झण्डा र सशस्त्र तालिमसमेत भइरहेका छन् । यस्ता गतिविधिलाई नजिकैबाट अध्ययन गरिरहेको नेपाली सेनाले प्रधानसेनापतिको भारत भ्रमणलाई ठूला अवसरको रूपमा प्रयोग गर्न सफल भएको अनुमान गलत हुन सक्दैन ।

 
नेपाललाई धर्मनिरपेक्ष घोषणा गरिएपछि धर्मनिरपेक्षताका आडमा क्रिश्चियन धर्मको प्रभाव विस्तार गर्ने मार्ग प्रशस्त भएको छ । यसले दीर्घकालसम्म कस्तो प्रभाव पर्ला भन्नेतर्फ कसैले पनि ध्यान पुर्‍याएको पाइादैन । राजनीतिक दलका नेताहरूले ठूलो उपलब्धिका रूपमा लिएको धर्मनिरपेक्षता र संघीयता नेपाली जनताका लागि नभएर विदेशीहरूका लागि रहेछ भन्ने कुरा क्रमश: पुष्टि हुादै गइरहेको छ । धर्मनिरपेक्षताले जातिवादी आन्दोलनलाई मलजल गरिरहेको छ भने संघीयताले देशलाई विभाजन गर्ने आधार तयार गरिरहेको छ । नेपालको यस्तो विषम अवस्थाप्रति छिमेकी देशहरूको वक्रदृष्टि भइदिनाले नेपाली जनताले झन्पछि झन् समस्या झेल्नु परिरहेको छ ।

 
दश वर्षको कसरतपछि देशले नयाा संविधान पाएको छ । नयाा संविधान जारी भएलगत्तै भारतका तर्फबाट संविधानप्रति नकारात्मक प्रतिक्रिया आउनु र मधेस आन्दोलन सुरु हुनु सागसागै भयो । मधेस आन्दोलनलाई मलजल गर्दै र आन्दोलनकारीहरूलाई भारतीय भूमिमा भात ख्वाएर नेपालमाथि नाकाबन्दी गर्नेसम्मको काममा भारतले नाङ्गोपन नै प्रदर्शन गर्‍यो । नाकाबन्दीबाट भारतको मोदी सरकारले विश्वस्तरमै बदनामी कमायो । नेपालमा कहिल्यै पनि भारतको विरोधमा मुख खोल्न नचाहनेहरू पनि मोदी सरकारको विरोधमा मुख खोल्न बाध्य भए । यहीबीच चीनबाट सहयोगको आश्वासनसागै सकेसम्मको सहयोग पनि प्राप्त भयो । नेपालमा चीनको प्रभाव विस्तार हुने त्रासमा परिरहेको भारतले नेपाललाई आफ्नो पकडबाट फुत्किने आशंका गरिरहेको थियो । चीनसाग व्यापार विस्तारका लागि सडक बनाउने जिम्मेवारी समेत नेपाली सेनाले पाएपछि त झन् भारतीय शासकहरूको निद्रा नै भङ्ग भएको थियो ।

 
भारतले नाकाबन्दी हटाएपछि प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण पनि निश्चित भएको छ । ओलीको हालसम्मको अडानप्रति नेपाली जनताको सम्मान रहेको थियो । महाकाली सन्धिमा ओलीले देखाएको भारतभक्तिलाई नेपाली जनताले बिर्सिन पाएका थिए । नेपाली जनताले नाकाबन्दीको कष्ट सहेरै पनि प्रधानमन्त्री ओलीको देशभक्ति अडानलाई स्वागत गरेका थिए । आफ्नो बााकी जीवन छोटो अवधिका लागि मात्र भएकाले अब देश र जनताका लागि केही गरेरै देखाउने भनेर प्रतिबद्धता व्यक्त गर्दै आएका प्रधानमन्त्री ओलीले भारत भ्रमणमा आफ्नो कस्तो खालको कूटनीतिक चातुर्य प्रदर्शन गर्नुहोला ? सर्वत्र उत्सुकता बढेको छ ।

 
भारतबाट गरिएको नाकाबन्दी भारत आफौले खोल्नुपर्छ भन्दै आएका प्रधानमन्त्री ओलीले नाकाबन्दी खुल्नुलाई त्यति महत्वपूर्ण उपलब्धिका रूपमा अवश्य लिनुहुने छैन भनेर विश्वास गर्न सकिन्छ । नाकाबन्दी लाग्न नपाउने स्थितिको सुनिश्चितता तत्कालको आवश्यकता हो । नेपालको भूपरिवेष्ठित अवस्थाका कारणबाट भारतको नाकाबन्दी झेल्नु परिरहेको छ । यो अवस्थाको अन्त्यका लागि भारतसित नयाा सन्धिको आवश्यकता छ । सन् १९५० मा भएको सन्धिकै आधारमा चल्ने हो भने पनि सन् १८१६ मा तत्कालीन भारतका शासक इष्टइण्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धि खारेज भएको स्पष्ट हुन्छ । सुगौली सन्धिको खारेजीमा नेपालले अडान लिने हो भने नेपालको भूपरिवेष्ठित अवस्था भारतवेष्ठित हुनेछैन । बंगलादेशसाग जोडिएर नेपालले समुद्री व्यापार गर्न सहज हुनेछ । यो सवालमा प्रधानमन्त्री ओलीले भारतसाग प्रस्ताव गर्ने आाट गर्नु पर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here