मुलुक समस्यामा पर्दा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनुपर्छ : कार्की

105

स्वाभिमान नेपालको समीक्षा गर्दै प्रेस काउन्सिलका अध्यक्ष बोर्णबहादुर कार्कीले मुलुक संकटमा परेका बेला सञ्चारमाध्यम मुलुकप्रति बफादार हुनुपर्ने जनाउनुभयो । उहााले भन्नुभयो, ‘सञ्चारमाध्यमहरूको भूमिका मुलुक गम्भीर अवस्थाबाट गुज्रिरहेका बेला महत्वपूर्ण हुन्छ । अहिले मुलुकको अवस्थाप्रति कुनै सञ्चारमाध्यमको भूमिका कस्तो रह्यो भन्ने कुरा सबैले मूल्यांकन गर्ने समय हो । यस्ता बेला सञ्चारमाध्यम चुक्नु हुादैन । स्वाभिमान नेपालले हाल जे जस्ता विषय वस्तुहरू उठान गरेको छ, यसले पत्रिकाको मुलुकप्रति चिन्तालाई व्यक्त गर्छ । यसले आफ्नो दायित्वलाई पूरा गरिरहेको जनाए । उहााले स्वाभिमान नेपाल पत्रिकाले उठाएका विषय समसामयिक भए पनि अझै गहिराइमा गएर विषयवस्तुहरूको उठान गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहााले मुलुक समस्यामा परेका बेला स्वाभिमान नेपालले खेलेको भूमिका सराहनीय रहेको जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here