राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा एपीएफ

19

काठमाडदं । समिराज थोकरले दुई गोल गरेपछि विभागीय टोली एपीएफले जावलाखेल युथ क्लब विरुद्ध पुनरागमन जित निकाल्दै राष्ट्रिय लिग फुटबलको शीर्ष स्थानमा उक्लेको छ ।

सातदोबा६ोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको पहिलो खेलमा एपीएफले जावलाखेल युव क्लबलाई २-१ ले पराजित गर्दै लगातार चौथो जित हात पारेको हो ।

चार खेलबाट १२ अंक जोडेको एपीएफ लालिगुराँस एफसीलाई पछि पार्दै शीर्ष स्थानमा उक्लेको हो ।

एपीएफका लागि समिराजले दुवे गोल दोस्रो हाफमा गरे । त्यसअघि धर्बेन्द्र कुँवरले २०औं मिनेटमा गोल गर्दे जावलाखेललाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता जावलाखेलले कायम राख्न सकेन ।

एक गोलले पछि परेको स्थितीमा समिराजले ५८औं मिनेटमा बराबरी गोल पर्काएका थिए भने ८२औं मिनेटमा विजयी गोल गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here