काठमाडौं– बहुचर्चित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रियसभाबाट बिहीबारको बैठकबाट कांग्रेसको विरोधका बाबजुद पनि विधेयक पारित भएको हो ।
विधेयकमा कांग्रेस र राजपाका सांसदले संशोधन दर्ता गराएका थिए। तर, उनीहरुको संशोधन प्रस्ताव भने पास हुन सकेन। क्षामन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ पारित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए। प्रस्ताव बहुमतले पारित भएको राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले घोषणा गरेका थिए।
राष्ट्रियसभाबाट पारित भएपछि अब यो विधेयक राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि लगिनेछ। त्यसपछि राजपत्रमा प्रकाशन भएपछि ऐनका रुपमा लागू हुनेछ। अर्को बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।


















