‘शकुन्तला’को फस्र्ट लुक सार्वजनिक

346

काठमाडौं/ दीनेश श्रेष्ठको निर्देशनमा बनेको चलचित्र ‘शकुन्तला’को फस्र्ट लुक सार्वजनिक गरिएको छ । राजेश हमालले महिला रूप धारण गरेर अभिनय गरेको उक्त चलचित्रको सुटिङको सुरुवातमा नै निकै प्रचारप्रसार भएको थियो ।
महिला पात्रको कथालाई विषयवस्तु बनाएर निर्माण गरिएको उक्त फिल्म सफल हुनेमा आशावादी भएको निर्माणपक्षले जनाएको छ । निर्माणपक्षले सार्वजनिक गरेको फस्ट लुकमा नायक राजेश हमाल महिला एक्सन अवतारमा छन् । उनको करिअरकै संभवत: भिन्न लुक्सको रूपमा यसलाई हेर्न सकिन्छ । नायिका अनु शाह र किशोर खतिवडा यो चलचित्रमा भए पनि उनीहरूलाई अहिले पोष्टरमा राख्न आवश्यक ठानिएको छैन ।
सधैं एउटै भूमिकामा देखिने आलोचना खेपिरहने नायक हमाललाई पनि यो फिल्मले राहत दिने अनुमान गरिएको छ । साथै हमालको पछिल्लो फिल्म बाग्मतीको असफलतालाई पनि शकुन्तलाले ब्रेक गर्ने आशा गरिएको छ । हमालको लुक्सबाट पनि अब प्रष्ट हुन्छ कि, नायक हमाल यसको शीर्ष भूमिकामा देखिएका छन् । यो चलचित्रमा नायिका तथा मोडल नम्रता सापकोटाले पनि आइटम नृत्य गरेकी छिन् ।
यो भूमिकालाई लिएर अहिले नायक राजेश हमाल उत्साहित देखिएका छन् । उनको यो पात्रको चर्चा अहिले बजारमा चलेको छ । निर्माणपक्षले शकुन्तला फिल्मको प्रदर्शनी जेठ १४ गते हुने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here