मधेसमा विभेद देख्ने मोदीले हरियाणा, गुजरात र आन्ध्रप्रदेशमा के देखे ?

215

पटेल र कन्हैया कुमारमाथि देशद्रोहको आरोप लगाउने भारत सरकारबाट सिके राउतको स्वागत !
काठमाडौं/ नेपालको तराई क्षेत्र विकासका पूर्वाधारको हिसाबले हिमाल र पहाडको तुलनामा सुलभ क्षेत्र मानिन्छ । राज्यको महत्वपूर्ण निकायदेखि राज्य सञ्चालन गर्ने निकायमा पनि मधेसी समुदायको सहभागिता हिमाल र पहाडमा बस्ने आदिवासी जनजातिहरूको तुलनामा धेरै नै देखिन्छ । तर तराई क्षेत्रलाई राजनीतिको प्रमुख क्षेत्र बनाएका राजनीतिक दलहरूले मधेसी जनताहरूमाथि विभेद भएको भन्दै पटक–पटक आन्दोलन गर्दै आएका छन् । पछिल्लो समय नयाा संविधान जारी हुनुभन्दा पहिलेदेखि चलिरहेको मधेस आन्दोलन संविधान जारी भएपछि थप आक्रामक बन्यो । नयाा संविधानले नेपालका सबै नागरिकहरूलाई समान अधिकार दिएको छ । त्यसमाथि मधेसी समुदायका नागरिकहरूलाई त विशेषाधिकार समेत प्रदान गरेको छ । तर छिमेकी मुलुक भारतले नेपालको नयाा संविधानले मधेसी समुदायलाई न्याय नगरेको भन्दै संविधानमा असन्तुष्टिमात्र व्यक्त गरेन, त्यही विषयलाई लिएर पााच महिना नाकाबन्दी गर्‍यो भने एउटा स्वतन्त्र मुलुकको संविधान संशोधनका लागि लगातार दबाब दिइरह्यो । तर दु:खको कुरा हालै मात्र भारतको हरियाणा राज्यका जाट समुदायका नागरिकहरूले आफूहरूमाथि विभेद गरेको भन्दै अधिकारका लागि आन्दोलन गर्दा भारत सरकारले आन्दोलन दबाउन हतियारको सहायता लियो । अधिकारको लागि जाट समुदायले गरेको आन्दोलनलाई दबाउन खोज्दा झण्डै १९ जना जाटहरू मारिएका छन् । जाटहरूले अधिकार प्राप्तिका लागि सरकारलाई दबाब दिन पानीको नाकाबन्दी गरिदिए । तर भारत सरकारले आन्दोलनलाई दबाउन सेना परिचालन गरेर आन्दोलनलाई नियन्त्रणमा लियो । भारतको हरियाणा र मधेसमा भएको आन्दोलनका माग उस्तै थिए । नेपालका मधेसीहरूले काठमाडौंलाई झुकाउन नाका अवरुद्ध गर्दा भारतले होस्टेमा हौसे मिलाउादै आफौले नाकाबन्दी गरिदियो । त्यतिमात्र होइन आन्दोलनकारीमाथि नेपाली प्रहरीले बल प्रयोग गर्दा भारतले त्यसको विरोध गर्‍यो भने आन्दोलन नियन्त्रणका लागि सेना परिचालन नगर्न नेपाल सरकारलाई दबाब लिइरह्यो । नेपालको मधेस र भारतको हरियाणामा भएका आन्दोलनका प्रकृति हेर्दा उस्तै छन् । तर आफ्नो मुलुकमा अधिकार माग्नेलाई गोलीको जवाफ दिने भारतले नेपालको मधेस आन्दोलनलाई किन समर्थन र सहयोग गर्छ ? बुझ्न अप्ठ्यारो छैन ।

 
नेपालमा आन्तरिक परिस्थिति र मुलुकको क्षमतालाई मध्यनजर नगरी नागरिकलाई अधिकारका लागि उचाल्ने भारतीय प्रवृत्ति अब भारतकै लागि घााडो बन्दै गइरहेको कुरा जतिसुकै लुकाउन खोजे पनि लुक्न सकिरहेको छैन । केही समयअघि हालका प्रधानमन्त्री नरेन्द्र मोदीकै गृहराज्य गुजरातमा अधिकारको माग गर्ने डेढ करोड पटेल समुदायको आन्दोलनलाई पनि भारतले दबाएरै साम्य पार्न खोज्यो । उक्त आन्दोलनको नेतृत्व गरेका हार्दिक पटेलले देशद्रोहको मुद्दा खेपिरहेका छन् । यसैगरी भारतको आन्ध्र प्रदेशमा आरक्षणका लागि कापू समुदायले हिंस्रक आन्दोलन गरिरहेका छन् । उक्त प्रदेशका १३ जिल्लाहरूमा सो आन्दोलन फैलिसकेको छ । यस्तै, नेपालका मधेसीहरूले उठाएका जस्ता माग उठाएर गोर्खाल्याण्डदेखि विभिन्न राज्यहरूमा आन्दोलनले तीव्र गति लिादै गइरहेका छन् । भारत सरकार त्यसलाई सुन्न तयार छैन । तर एउटा स्वतन्त्र मुलुकको आन्तरिक मामिलामा भारतलाई किन यति धेरै चासो ? यसले भारतको नेपालमाथिको स्वार्थ चानचुन छैन भन्ने कुरा यसले संकेत गर्छ ।

 
भारतले हालैमात्र दिल्लीस्थित जवाहरलाल नेहरू विश्वविद्यालयमा संसद हमलाका दोषी अफजल गुरुको वार्षिकीमा आयोजना गरिएको कार्यक्रममा भारतविरोधी नारा लगाएको भन्दै छात्र संघका अध्यक्ष कन्हैया कुमारलाई गिरफ्तार गरेर देशद्रोहको आरोपमा न्यायिक हिरासतमा राखिरहेको छ । छात्र संघका अध्यक्षलाई गिरफ्तार गरेको आरोपमा भारतको अन्तर्राष्ट्रिय रूपमा समेत आलोचना भइरहेको छ । जब कि त्यही भारत हो जसले नेपालमा विखण्डनकारी गतिविधि तथा राज्यद्रोहका गतिविधि गरिरहेका मधेसी सिके राउतलाई भारतमा स्वागत गरिरहेको छ । आफ्नो मुलुकमा सामान्य गतिविधि हुादा समेत कडा कानुनको दायरामा ल्याउने भारतले नेपालको स्वाधीनतामाथि खेलबाड गर्ने राउतलाई स्वागत गरेर के सन्देश दिन खोजेको हो ? भारतले आफ्नो मुलुकमा हुने स–साना घटनाहरूलाई जति गम्भीर रूपले लिन्छ, अन्य मुलुकको आन्तरिक मामिलामा भने त्यति नै खेलबाड गरेको देख्न सकिन्छ । तर अन्य मुलुकमा हिंसा चर्काएर आफूलाई शक्तिशाली बनाउने दाउमा रहेको भारतका पछिल्ला गतिविधिका कारण स्वयं भारतीय नागरिकहरूसमेत सचेत बनिरहेका छन् । जसले गर्दा छिमेकी मुलुकमा हिंसा मच्चाउन उसले प्रयोग गर्ने उसका सूत्रहरू स्वयं भारतकै लागि पनि प्रत्युत्पादक बन्दै गइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here