अख्तियारको सांस्कृतिक कार्यक्रममा भ्रष्टहरूलाई प्रशिक्षण

218

काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आफ्नो स्थापनाको २५औं दिवसको अवसरमा काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको सभाहलमा एक रोचक सांस्कृतिक कार्यक्रमको आयोजना गर्‍यो । नेपालमा सरकारी क्षेत्रमा हुने भ्रष्टाचार, अनियमितता र अनुचित क्रियाकलापमार्फत अकूत सम्पत्ति कमाउने भ्रष्ट कर्मचारीहरूलाई कारबाही गर्ने तथा समाजलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउने महान् लक्ष्य बोकेर स्थापना भएको अख्तियारको उक्त रजत महोत्सव कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

 
कार्यक्रममा राष्ट्रपति भण्डारीलगायत प्रधानमन्त्री के.पी.शर्माओली, उपप्रधानमन्त्री विजय गच्छदार, सभामुख ओनसरी घर्तीलगायतका गन्यमान्य व्यक्तित्वको उपस्थिति रहेको थियो । उक्त सांस्कृतिक कार्यक्रममा सुरक्षा निकायका प्रमुख तथा उच्चाधिकारीहरूका साथै नेपाल सरकारका सचिवहरू र उच्चपदस्थ कर्मचारीहरूको बाक्लो उपस्थिति थियो । विदेशी राजदूत तथा कूटनीतिक नियोग प्रतिनिधिहरूको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा सरकारी क्षेत्रको आर्थिक चलखेल हुनसक्ने सम्भावना भएका क्षेत्रका उच्चपदस्थ कर्मचारीहरू लगभग सबैलाई निम्त्याइएको थियो । कार्यक्रममा प्रस्तुत गरिएका गीतिनाटक, प्रहसनलगायतका कार्यक्रमहरूका माध्यमबाट उपस्थित सबैलाई भ्रष्टाचारमुक्त समाज निर्माणका निम्ति प्रशिक्षण दिइएको जस्तो महसुस गर्न सकिन्थ्यो ।

 
कार्यक्रममा स्वागतमन्तव्य दिनुहुादै अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले आफू कुनै प्रभाव र दबाबमा नपर्ने र भ्रष्टाचारीलाई कुनै पनि हालतमा उन्मुक्ति नदिने चेतावनीयुक्त मन्तव्य राख्नुभएको थियो । मुलुकमा सुशासन कायम गर्न चाहने हो भने त्यहाा उपस्थित सबैको पहल र प्रतिबद्धता अपरिहार्य हुन्छ । नीति निर्माण गर्नेहरूदेखि भ्रष्टाचारजन्य कामहरूलाई संरक्षण गर्ने उच्च पदस्थहरूको जमघट भएको सो कार्यक्रममा प्रस्तुत प्रमुख आयुक्तको अभिव्यक्तिमा प्रशस्त चेतावनी र सुझावसमेत थियो । कार्कीको स्वागतमन्तव्यपछि सुरु भएको सांस्कृतिक कार्यक्रममा भ्रष्टाचारीको मनलाई चसक्क पार्नेखालका प्रस्तुतिहरू थिए । राष्ट्रियस्तरका चर्चित कलाकारहरूबाट गीत, नृत्य, ओपेरा संगीत तथा नाटकमार्फत भ्रष्टाचारले समाजमा पारेका असरहरू तथा विकृति र विसंगतिको भण्डाफोर गरिएको थियो । कार्यक्रममा भ्रष्टाचारका आशंकामा अख्तियारमा तानिएका र भ्रष्टाचार गरेको आशंका लागेका कर्मचारीहरूको पनि बाक्लो उपस्थिति थियो । उक्त सांस्कृतिक कार्यक्रममार्फत अख्तियारले ती भ्रष्टहरूलाई गतिलै पाठ सिकाउन खोजेको भान सांस्कृतिक प्रस्तुतिमा रहेको थियो । भ्रष्टहरूलाई छानीछानी कार्यक्रममा निम्ता गर्नु तथा मार्मिक सांस्कृतिक कार्यक्रम गरेर उनीहरूलाई रुनु न हाास्नुको अवस्थामा पुर्‍याई आयोगले भ्रष्टाचारीको मनोबल घटाउने र नैतिक पाठ सिकाउने काम उक्त सांस्कृतिक कार्यक्रममार्फत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here