झगडा गर्न खोज्ने व्यक्तिहरु खुकुरी सहित पक्राउ

241

काठमाडौं / काठमाडौं महानगरपालिका-६ बौद्ध टुसालस्थित जेभियर इन्टरनेशल कलेजमा सोमबार बिहान कक्षा संचालन भइरहेको अवस्थामा खुकुरी र फलामको किला बोकी कक्षा कोठाभित्र प्रवेश गरी झगडा गर्न खोज्ने १९ वर्षीय सुजन लिम्बु सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई खुकुरी १ थान र फलामको किला १ थान सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here