काठमाडाैं । बाँकेको खजुरा गाउँपालिका–५ उढरापुरबाट ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।
स्थानीय ३१ वर्षीय मुजमिल खाँलाई ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेकाे हाे ।
शनिबार राति करिब २२:३० बजे लागुऔषध ब्युरो शाखा नेपालगञ्ज र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा उभिरहेका खाँलाई नियन्त्रणमा लिएकाे हाे ।
खानतलासीका क्रममा खाँको साथबाट ३५ ग्राम १९० मिलिग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका खाँलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

















