यस्तो सजाय जसमा ३० वटा माछा खानुपर्ने !

257

जापानमा एक आमाले आफ्नी छोरीले गल्ती गरेको भन्दै सजायस्वरूप ३० वटा माछा खान भनेपछि अहिले यो घटना चर्चाको विषय बनेको छ । यो घटनाले जापानमा बालबालिकालाई कस्तो सजायसम्म दिइन्छ भन्ने कुरा पनि सार्वजनिक गरेको छ ।

 
स्थानीय सञ्चारमाध्यम र पत्रकारहरूले जापानी बालबालिकालाई दिइने सजायका विविध रूप सार्वजनिक भएको जनाएका हुन् । ती बालिकाकी आमा युको ओगाता र केटा साथी ताकेसी एगामीले सो काम गरेपछि उनीहरूलाई प्रहरी थुनामा राखिएको छ । उनीहरूले ती बालिकालाई गत जुन महिनामा सो सजाय दिएको बताइएको छ । ती बालिकालाई जबर्जस्ती सो कारबाही गरिएको उनीहरूले स्व्ीकार गरेका छन् । ती महिला र उनका केटी साथी दक्षिण–पश्चिम जिल्ला फुकुओकामा बस्छन् । उनीहरूले छोरीले सामान्य गल्ती गरेपछि त्यसको सजायस्वरूप घरैमा पालेका ३० वटा माछा मारेर उसलाई खान भनेका थिए । ती बालिकाले आफ्ना साथीलाई उक्त कुरा भनेपछि यस्तो सजाय दिएको कुरा सार्वजनिक भएको हो । सजाय दिने नाममा जापानमा बालबालिकालाई यस्ताखालका कडाभन्दा कडा सजाय दिने गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here