पेट्रोलको भाउ ६ हजार प्रतिशतले वृद्धि !

219

शीर्षक सुन्दा नै झसंग भइने यो खबर नेपालको भने होइन । पेट्रोलको भाउमा एकाएक झण्डै ६ हजार प्रतिशतले वृद्धि भएको यो खबर हो दक्षिण अमेरिकी देश भेनेजुयलाको ।

 
दक्षिण अमेरिकी देश भेनेजुयलामा २० वर्षयता पहिलोपटक पेट्रोलको मूल्य बढाइएको छ । पेट्रोलको भाउ बढाउादा सरकारले चानचुने वृद्धि गरेको छैन । ५ हजार ९ सय प्रतिशतले बढाएको छ । दराष्ट्रपति निकोलस मदुरोका अनुसार पेट्रोलको मूल्य बढेर प्रति लिटर ०।६० डलर अर्थात् झण्डै ६६ रूपैयाा पुर्‍याइएको छ । जब कि यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १ रूपैयाा १० पैसा थियो । पछिल्लो बढोत्तरीपछि कम गुणस्तरको पेट्रोलको मूल्य प्रतिलिटर झण्डै ११ रूपैयाा पर्नेछ । देशको आर्थिक संकट समाधान गर्ने उपायका रूपमा विभिन्न कदमको घोषणा गरेका राष्ट्रपतिले सोही प्रयासस्वरूप पेट्रोलको भाउमा समेत भारी वृद्धि गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here