भूकम्पबारे गलत अनुमान : धिताल

226

काठमाडौं/ वरिष्ठ भूगर्भविद् डा.मेघराज धितालले भूकम्पबारे गलत अनुमानहरू चर्चामा ल्याएर जनसभामा आतंक फैलाउने काम भइरहेको भनी प्रतिक्रिया दिनुभएको छ । केही सञ्चारमाध्यमहरूमा कथित वैज्ञानिकको हवाला दिंदै पृथ्वीमुनिको उत्तरी प्लेट तल खस्किएको र दक्षिणी प्लेट स्थिर भइरहेकाले शक्ति सञ्चालन भइरहेको निष्कर्ष निकाल्दै ठूलो भूकम्पको खतरा रहेको दाबी गरिरहेका छन् । यसै सन्दर्भमा जनधारणा साप्ताहिकले डा.धितालसाग जानकारी माग्दा त्यस्तो वाहियात हल्लाका पछि नलाग्न सर्वसाधारणलाई आह्वान समेत गर्नुभएको छ । भूगर्भविद् धितालले माथिल्लो प्लेट तलतिर सरेको र तल्लो प्लेट स्थिर रहेको भनी दाबी गर्नेहरूले त्यसको मापन के आधारमा गरियो भनेर भन्न नसक्ने दाबी गर्दै भूकम्प आउनेछ भनेर अनुमान सबैले गर्नसक्ने तर्क राख्नुभयो । भूकम्प कहिले आउाछ र कति गतिको आउाछ भनेर कसैले भन्न नसक्ने भएकाले तल निकै गहिराइमा रहेको प्लेटको अवस्था ठ्याक्कै यस्तो छ भनेर दाबी गर्नेहरूको पनि अनुमान मात्र हुने डा.धितालको निष्कर्ष छ ।

 
गत वैशाख १२को भूकम्पका कारण जमिनमा चिरा परेको र पहिरो जाने धेरै सम्भावना रहेको भनी अध्ययन प्रतिवेदन आफू संलग्न चिनियाा भूगर्भविद्हरूको अध्ययन टोलीले तत्कालै दिएको स्मरण गर्दै भूगर्भविद् डा.धितालले अनावश्यक चर्चा गरी पुरानो अध्ययनलाई नयाा बनाएर जनमानसमा आतंक फैलाउने काम भइरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।
भूकम्प आउने सम्भावनाबारे जनधारणाको जिज्ञासामा आउादैन भनेर ठोकुवा गर्न नसकिएझौ यसै दिन अथवा यति दिनपछि वा यति महिना वा वर्षपछि नै आउाछ भनेर पनि ठोकुवा गर्न नसकिने उहााले जनाउनुभयो । भूकम्प भनेको पृथ्वीको नियमित प्रक्रिया हो, यो कहिले सानो गतिको हुन्छ भने कहिले ठूलो गतिको पनि हुने हुादा सबैमा होसियारी आवश्यक हुने सुझाव पनि डा.धितालको रहेको छ । ठूलै भूकम्पबाट हुने क्षतिबाट बच्न हामीले भौतिक संरचना निर्माणमा सजगता अपनाउनु जरुरी छ भन्दै डा.धितालले भूकम्पले भन्दा हामीले निर्माण गरेका कमजोर भौतिक संरचनाहरूका कारणबाट बढी क्षति पुग्ने भएकाले संरचना बलियो र कम क्षति हुनेखालका निर्माण गरौा, अनावश्यक हल्लाका पछि नलागौा भनेर सुझाव दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here