बिहीबारदेखि भूकम्पपीडितलाई अनुदान रकम दिइने

125

काठमाडौं, फागुन १७ । सरकारले गत वैशाखको भूकम्पबाट घरबास गुमाएका पीडितहरुलाई बिहीबारबाट अनुदान रकम वितरण गर्ने भएको छ । भूकम्पपीडितहरुलाई पहिलो किस्ताको रुपमा ५० हजार रुपैयाा वितरणको तयारी थालिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले फागुन २० गते अर्थात् बिहीबारदेखि पहिलो किस्ताको अनुदान रकम वितरण सुरु गर्न लागेको हो । उक्त रकम वितरणको सुरुवात भने दोलखा जिल्लाबाट हुनेछ । त्यसपश्चात् अन्य भूकम्प प्रभावित जिल्लामा पनि रकम वितरण क्रमश: गर्दै लैजाने पुनर्निर्माण प्राधिकरणले जनाएको छ । सबै तयारी नटुंगिएको कारण देखाउादै प्राधिकरणले औपचारिक रुपमा मिति घोषणा नगरेको जनाएको छ ।
भूकम्पपीडितहरुलाई पहिलो किस्ताबापतको रकम वितरण गर्नको लागि भनेर प्राधिकरणले सरकारसाग २५ अर्ब रुपैयाा निकासा मागेको छ । प्राधिकरणका अधिकारीका अनुसार चैतसम्म सबै भूकम्पपीडितले पहिलो किस्ताबापतको अनुदान रकम प्राप्त गरिसक्नेछन् ।
पुरानो परिचयपत्र काम नलाग्ने
पुनर्निर्माण प्राधिकरणले यसअघि वितरण गरिएको भूकम्पपीडितको परिचयपत्र काम नलाग्ने जनाएको छ । पुरानो परिचयपत्र वितरण गर्दा अनियमितता भएको आशंकामा प्राधिकरणले पछिल्लोपटक घर सर्बे गर्न गएका प्राविधिकले दिएको परिचयपत्र, घरमूलीको नागरिकता र लालपूर्जा लिएर आउनेलाई क्याम्पबाट ५० हजार रुपैयााको चेक हस्तातरण गरिने जनाएको छ । प्राधिकरणले १४ वटा अति प्रभावित र १७ वटा समान्य प्रभावित जिल्लामा प्राथमिकताका साथ रकम वितरण गरिने जनाएको छ । सरकारले ३ चरणमा २ लाख अनुदान उपलब्ध गराउाछ । पहिलो किस्ताको ५० हजार रुपैयाापछि दोस्रो चरण्मा एक लाख र तेस्रो चरणमा फेरि ५० हजार पीडितले पाउनेछन् । त्यसपछि पीडितले सरकारको प्राविधिक सहयोग र परामर्शका आधारमा मात्रै घरको निर्माण सुरु गर्न सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here