पाकिस्तानमा सबै भारतीय टेलिभिजन च्यानलहरु बन्द

121

पाकिस्तान / पाकिस्तानले आफ्नो देशमा सबै भारतीय टेलिभिजन च्यानलहरुको प्रशारणमा रोक लगाएको छ ।

केही समय पहिला पाकिस्तानको उच्च अदालतले भारतीय टेलिभिजन च्यानल बन्द गर्न दिएको निर्देशन सदर गरेको हो ।

भारतीयहरुले भारत हुँदै पाकिस्तान जाने नदीमा ड्याम बनाएको र जवाफमा सबै भारतीय टेलिभिजन च्यानलहरु बन्द गरिएको पाकिस्तानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश सकिब निसरले जानकारी दिएका  छन् ।

भारतीयहरुले ड्याम अस्त्रको रुपमा प्रयोग गर्न खोजेको पाकिस्तानले आरोप लगाएका छन्  ।

भारतीय टेलिभिजन च्यानल र फिल्महरु पाकिस्तानमा चर्चित रहेका छन् तर पाकिस्तानले बढ्दो तनावकाबीच टेलिभिजन च्यानल र फिल्महरुमा प्रतिबन्ध गरेको छ ।

भारतले पाकिस्तानको त्यस्तो आरोप अस्विकार गरेको छ । पाकिस्तानको ८० प्रतिशतभन्दा बढी भू–भागमा भारत हुँदै पाकिस्तान जाने नदीको पानीबाट सिंचाइ गर्ने गरिन्छ ।

भारत–पाकिस्तान युद्धका कारण पाकिस्तानले सन् १९६५ मा सबैभन्दा पहिले भारतीय फिल्महरुमा प्रतिबन्ध लगाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here