दिनहुा दाह्री खौरिनुको कारण यस्तो छ

296

प्राय: पुरुषहरूले आफ्नो अनुहार सफाचट बनाउनका लागि नियमित रूपमा दाह्री खौरिन्छन् । तर एकजना युवतीले नियमित रूपमा आफ्नो दाह्री खौरिने गरेकी छिन् । दाह्री नखौरिएसम्म उनी घर बाहिर निस्किादैनिन् ।

पेशाले ब्यूटी एक्सपर्ट रहेकी ३२ वर्षीया हुड्डा क्याटनका लागि दिनहुा नुहाउनु जति महत्वपूर्ण छ उत्ति नै दाह्री खौरिनु पनि । उनले दिनहुा पुरुषले प्रयोग गर्ने रेजरले पुरुषको दाह्रीजुागा पलाउने चिउडोलगायतका अनुहारको भाग खौरिन्छिन् । उनले यसरी दाह्री खौरिनुको रोचक कारण छ । दुबईमा बस्दै आएकी केटनका अनुसार खौरिएपछि अनुहारको छाला चम्किलो बन्दछ । उनका अनुसार हरेक दिन रेजरले सेभिंग गर्नाले अनुहार प्राकृतिक रूपमा सुन्दर बन्दछ । चम्किलो अनुहार चाहने युवतीहरूलाई उनी नियमित रूपमा दाह्री खौरिने सल्लाह दिन्छिन् ।

अनलाइन सेलिब्रेटी समेत रहेकी केटनका सोसल मिडियामा १ करोड २९ लाखभन्दा धेरै फलोअर्स छन् । महिलामा नपलाएको दाह्री खौरिनाले उल्टै मोटो तथा कालो र बाक्लो दाह्री जुागा पलाउाछ भन्ने धारणा गलत रहेको उनको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here