अनौठो नदी, जहाा बग्छ उम्लिएको पानी

258

दक्षिण अमेरिकाको अमेजन जंगल क्षेत्रमा यस्तो एउटा नदी फेला परेको छ, जुन नदीमा सधैं उम्लिरहेको पानी पाउन सकिन्छ । उक्त नदीमा सधैं उम्लिरहेको पानी जस्तो तातोपानी बग्ने गरेको एक अनुसन्धार्थीले पत्ता लगाएपछि यो कुरा सार्वजनिक भएको हो ।
दक्षिण अमेरिकाको अमेजन बेसिनमा रहेको यो नदीको लम्बाइ ६.४ किलोमिटर, चौडाइ ८२ फिट तथा गहिराइ झण्डै २० फिट छ । अमेरिकाको टेक्सास विश्वविद्यालयका एकजना विद्यार्थी एन्ड्रीज रुजोले सन् २०११ मा यो नदीको बारेमा खोज अनुसन्धान गरेका हुन् । उनले यस बारेमा किताब नै लेखेका छन् । आफ्ना हजुरबाले भनेको काल्पनिक कथाको आधारमा उनी आफ्नो पिएचडी अनुसन्धानका क्रममा नदीको खोजमा निस्किएका थिए । उक्त नदी भएको स्थान आसपासमा कुनै सक्रिय ज्वालामुखी नभए पनि नदीमा उम्लिने पानी बगिरहनु निकै आश्चर्य भएको जनाइन्छ । रुजोका अनुसार यो नदिको मूल धााजा फाटेको ठाउाबाट निस्किएको छ । सोही धााजा फाटेको ठाउाबाट निस्किएको पानी निकै तातो भएकाले यो नदीमा पूरै तातो पानी बगिरहेको छ । यो नदीको आसपासमा स्थानीय आदिवासी समुदाय छन् जसले यो नदीको सुरक्षा गरिरहेका हुन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here